default_image

3 years ago

April 17, 2021

नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै सानदार जित निकालेको छ । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालको जितमा डेब्यू गरेका दुबै ओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय इनिङ खेले । कुशलले ४६ बलमा ५ चौका […]

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराउँदै सानदार जित निकालेको छ । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालको जितमा डेब्यू गरेका दुबै ओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय इनिङ खेले । कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक६२ रनको योगदान दिए । आसिफ शेख ३८ बलमा ४ चौका र ४ छक्का ५४ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि आसिफ र कुशलले १२.४ ओभरमा १ सय १६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि नेपालले सानदार जित निकालेको हो । आसिफले ३६ र कुशलले ३० बलमा अर्धशतक पूरा गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल ७ बलमा १ छक्कासहित १३ रनमा अविजित रहे । नेदरल्यान्ड्सका जुलियन डेमेले एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । नेदरल्यान्ड्का मध्यक्रमका ब्याट्सम्यान बास डी लिडेले ४९ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए । तल्लोक्रममा एन्टोनियस स्टल ९ बलमा २ चौका र १ छक्का सहित २९ रनमा अविजित रहे । कप्तान पिटर सीलार १७ बलमा २ चौका र १ छक्का सहित २३ रनमा अविजित रहे । पाँचौं विकेटका लागि सिलार र स्टलले अन्तिम १८ बलमा ३४ रनको अविजित साझेदारी गर्दै टोलीलाई मध्यम योगफलमा पुर्याएका हुन् ।

दोस्रो ओभरको अन्तिम बलमा ओपनर म्याक्स ओडोवडलाई स्पिनर सन्दीप लामिछानेले १० रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । म्याक्सले ११ बलमा २ चौका प्रहार गरे । सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा बेन कुपरलाई शून्यमा एलबिडब्लू आउट गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाका थिए ।

एक समय १२–२ को कमजोर अवस्थामा पुगेको नेदरल्यान्ड्सलाई तेस्रो विकेटका लागि लिडे र एडवार्डसले ६१ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । स्पिनर साहबले १४ औं ओभरको पाँचौं बलमा ओपनर स्कर्ट एडवार्डस्लाई ३० रनमा क्याच गराउँदै आफ्नो टि२० आई कअिरको पहिलो विकेट लिएका थिए । स्कर्टले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे । लगातार दोस्रो शतक प्रहार गर्ने धुनमा स्कर्ट लङअनमा आरिफ शेखबाट क्याच आउट हुन पुगेका थिए ।

तीव्र गतिका बलर सोमपाल कामीले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । करण केसीले ४ ओभरमा २२ रन खर्चे । सुरुवाती ३ ओभरमा ५ रन मात्र खर्चेका करणले अन्तिम ओभरमा १७ रन खर्चेका थिए । साहब आलमले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २५ रन खर्चे ।

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टीको सेमिफाइनल समीकरण पूरा

चितवन (हाम्रो खेलकुद)- चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । सबै खेलमा जित निकाल्दै ८ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता […]

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

Success

Thank you for your time.