default_image

5 years ago

April 23, 2021

जिम्बावेले पाकिस्तानलाई हरायो

146 views

0 Bookmark

एजेन्सी – जिम्बावेले दोस्रो टि२० आई खेलमा पाकिस्तानलाई १९ रनले पराजित गर्दै तीन टि२० आई सिरिजमा १-१ को बराबरी गरेको छ । शुक्रबार साँझ सम्पन्न खेलमा जितको लागि १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तान १९.५ ओभरमा ९९ रनमा अल आउट हुन पुग्यो ।

पाकिस्तानका कप्तान बाबर आजमले ४५ बलमा ५ चौका सहित सर्वाधिक ४१ रनको योगदान दिए । ओपनर मोहम्मद रिजवान १३ र डनिस अजिजले २२ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । एक समय १५.४ ओभरमा ७८-३ को अवस्थामा रहेको पाकिस्तान कप्तान बाबर आजम क्याच आउट भएसँगै लगातार विकेट गुमाउँदा पराजित हुन पुगेको हो ।
जिम्बावेका ल्यूक जोंगवेले ३.५ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । रयान बुर्लले २ विकेट लिए ।


त्यसअघि घरेलु टोली जिम्बावेले हरारेमा टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १८ रन बनाएको थियो । जिम्बावेका ओपनर कमुनुखमुवेले ४० बलमा ४ चौका सहित सर्वाधिक ३४ रनको योगदान दिए । वेस्ले मधेभरेले १६, रेगिस चकब्वाले १८, तडिवनाशे मरुमनि र तरिसै मुसकान्डा १३–१३ रन बनाए । पाकिस्तानका मोहम्मद हसनैन र डनिस अजिजले २–२ विकेट लिए ।

पहिलो खेलमा पाकिस्तान ११ रनले विजयी भएको थियो । तेस्रो खेल आइतबार हुने छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.