default_image

5 years ago

April 29, 2021

श्रीलंका सानदार सुरुवात

103 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले बंगलादेशविरुद्धको दोस्रो टेष्ट खेलमा सानदार सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली श्रीलंकाले पहिलो दिनको समाप्तिमा ९० ओभरमा १ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको छ ।

श्रीलंका ओपनर लाहिरु थिरिमाने २ सय ५३ बलमा १४ चौका सहित १ सय ३१ रनमा अविजित छन् । लाहिरु थिरिमानेको यो टेष्ट करिअरको तेस्रो शतक हो । ओशाडा फ्रेर्नान्डो ९८ बलमा ४ चौका सहित ४० रनमा अविजित छन् ।

बंगलादेशले पहिलो दिन सुरुवात दुई सेसन विकेट लिन सकेन । ओपनर लाहिरु थिरिमाने र कप्तान दिमुथ करुणारत्नेले ६३.१ ओभरमा २ सय ९ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गर्दै श्रीलंकालाई सानदार सुरुवात दिलाएका थिए ।

लगातार दोस्रो शतक प्रहार गरेका कप्तान दिमुथ करुणारत्नलाई शोरिफुल ईस्लामले विकेटकिपर लिटन दासबाट क्याच गराउँदै १ सय १८ रनमा आउट गरेका थिए । उनले १ सय ९० बलमा १५ चौका प्रहार गर्दै टेष्ट करिअरको १२ औं शतक पूरा गरेका थिए । योसँगै करुणारत्नले आफ्नो टेष्ट करिअरको ५ हजार रन पनि पूरा गरेका छन् । दुई टेष्ट सिरिज पहिलो खेल बराबरीमा सकिएको थियो ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.