default_image

3 years ago

April 29, 2021

रसेल चम्कँदा दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २५ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १ सय ५५ रनको मध्यम लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । कोलकाता आन्द्रे रसेल २७ बलमा २ चौका र […]

35 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २५ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १ सय ५५ रनको मध्यम लक्ष्य दिएको छ ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । कोलकाता आन्द्रे रसेल २७ बलमा २ चौका र ४ छक्का सहित ४५ रनमा अविजित रहे । युवा ओपनर सुभमन गिलले ३८ बलमा ३ चौका र १ छक्का सहित ४३ रनको योगदान दिए । प्याट कमिन्स ११ रनमा अविजित रहे ।

स्पिनर अक्षर पटेलले चौथो ओभरको चौथो बलमा ओपनर नितिश रानालाई विकेटकिपर ऋषभ पन्तबाट १५ रनमा स्टम्पिङ आउट गर्दै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि राहुल त्रिपाठी र सुभमन गिलले ३५ बलमा ४४ रनको साझेदारी गरेका थिए । दशौं ओभरको तेस्रो बलमा मार्कस स्टोइनिसले राहुल त्रिपाठीलाई १९ रनमा ललित यादवबाट क्याच गराउँदै साझेदारी तोडे ।

लगत्तै ११ औं ओभरको दोस्रो बलमा ललितले कप्तान ओईन मोर्गनलाई शून्यमा स्टिभ स्मिथबाट क्याच आउट गराए । दुई बलपछि सुनिल नारायण शून्यमा बोल्ड आउट हुँदा कोलकाता ७५–४ को कमजोर अवस्थामा पुगेको थियो । १३ औं ओभरको अन्तिम बलमा आवेश खानले सुभमन गिललाई स्मिथबाट क्याच गराए । दिनेश कार्तिकलाई अक्षर पटेलले १४ रनमा एबिडब्लू आउट गरे ।

दिल्लीका ललित यादवले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । आवेश खान र मार्कस स्टोइनिसको नाममा १–१ विकेट रह्यो ।

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]

April 20, 2024

नेपालले हङकङविरुद्ध टस जित्यो

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११मा कुनै पनि परिवर्तन नगरी सोही टोली उतार्ने भएको छ । नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल […]

Success

Thank you for your time.