default_image

5 years ago

April 29, 2021

पृथ्वी शा ले प्रहार गरे ६ बलमा ६ चौका

233 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्सका ओपनर ब्याट्सम्यान पृथ्वी शाले कोलकाता नाइट राइडर्सविरुद्ध इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा एकै ओभरमा लगातार ६ चौका प्रहार गरेका छन् ।

जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीलाई ओपनर पृथ्वी शाले पहिलो ओभरमै लगातार ६ चौका प्रहार गरेका हुन् । पहिलो बल शिवम माभीले वाइड फालेका थिए । त्यसपछि भने शाले लगातार ६ चौका प्रहार गरे । समग्रमा शाहले पहिलो ओभरमै २५ रन बटुलेका थिए । आइपिएल इतिहासमा शा एकै ओभरमा ६ चौका प्रहार गर्ने दोस्रो खेलमा हुन् । शा अघि सन् २०१२ मा अजिक्या रहानेले राजस्थान रोयल्सबाट रोयल च्यालेन्जर्स बेंगलोरका श्रीनाथ अव्रिन्दलाईलाई एकै ओभरमा ६ चौका प्रहार गरेका थिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । कोलकाता आन्द्रे रसेल २७ बलमा २ चौका र ४ छक्का सहित ४५ रनमा अविजित रहे । युवा ओपनर सुभमन गिलले ३८ बलमा ३ चौका र १ छक्का सहित ४३ रनको योगदान दिए । प्याट कमिन्स ११ रनमा अविजित रहे ।

स्पिनर अक्षर पटेलले चौथो ओभरको चौथो बलमा ओपनर नितिश रानालाई विकेटकिपर ऋषभ पन्तबाट १५ रनमा स्टम्पिङ आउट गर्दै पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि राहुल त्रिपाठी र सुभमन गिलले ३५ बलमा ४४ रनको साझेदारी गरेका थिए । दशौं ओभरको तेस्रो बलमा मार्कस स्टोइनिसले राहुल त्रिपाठीलाई १९ रनमा ललित यादवबाट क्याच गराउँदै साझेदारी तोडे ।

लगत्तै ११ औं ओभरको दोस्रो बलमा ललितले कप्तान ओईन मोर्गनलाई शून्यमा स्टिभ स्मिथबाट क्याच आउट गराए । दुई बलपछि सुनिल नारायण शून्यमा बोल्ड आउट हुँदा कोलकाता ७५–४ को कमजोर अवस्थामा पुगेको थियो । १३ औं ओभरको अन्तिम बलमा आवेश खानले सुभमन गिललाई स्मिथबाट क्याच गराए । दिनेश कार्तिकलाई अक्षर पटेलले १४ रनमा एबिडब्लू आउट गरे ।

दिल्लीका ललित यादवले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । आवेश खान र मार्कस स्टोइनिसको नाममा १–१ विकेट रह्यो ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.