5 years ago
April 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा देखिएको दोस्रो चरणको कोरोना महामारीसँगै राष्ट्रिय तथा उमेर समूहले खेल्ने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता अनिश्चित समयको लागि स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले कोरोना माहामारीको कारण एक प्रेस विज्ञप्ति जारी गर्दै प्रस्तावित राष्ट्रिय प्रतियोगिता, जिल्ला तथा प्रदेश छनोट तथा द्धिपक्ष्य तथा त्रिकोणात्मक अन्तर्राष्ट्रिय सिरिज स्थगित भएको जनाएको छ । सम्पूर्ण जिल्ला तथा प्रदेशसंघलाई खेलका सम्पूर्ण गतिविधि अर्को सूचना जारी नगर्न सम्म स्थगित गर्न प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । क्यानको कार्यतालिका अनुसार नेपालले आगमी मे मा नामिबियासँग एकदिवसिय सिरिज खेल्ने तयारी थियो ।
जेठमा यू१९ राष्ट्रिय प्रतियोगिता आयोजना गर्न जिल्ला र प्रदेश छनोट गर्ने तयारी गरेको थियो । कोरोना महामारीलाई देखाउँदै क्यानले भारतको उत्तराखण्ड टोलीसँग महिला राष्ट्रिय टोलीले खेल्ने भनिएको एकदिवसिय तथा टि२० सिरिज स्थगित गरि सकेको थियो । नेपालले यसै साता टियु क्रिकेट मैदानमा मलेसिया र नेदरल्यान्ड्ससँगको त्रिकोणात्मक टि२० सिरिज ब्याटिङमा उत्कृष्ट प्रदर्शनका साथ उपाधि जितेको थियो । नेपालले फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो ।

December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]