default_image

5 years ago

April 30, 2021

गौतम बुद्ध रंगशाला निर्माण नरोकिने

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य कोरोना महामारीको दोस्रो चरणमा पनि जारी रहने भएको छ ।

नेपाल र भारत सहित विश्वका विभिन्न देशमा दोस्रो चरणको कोरोना तीव्र रुपमा फैलिएको छ । नेपालका विभिन्न जिल्लाहरुमा लकडाउन भई सकेको छ रंगशाला निर्माण कार्य नरोकिने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले हाम्रो खेलकुदलाई जानकारी दिए । ‘रंगशाला निर्माण कार्य बन्द हुँदैन । अहिले पनि जारी छ । ठूलो समूहमा काम गर्न अवस्था भने रहँदैन। कोरोना भन्दा पनि ठूलो समूहमा काम गर्न आर्थिक कारणले गर्दा सम्भव छैन । भित्र ग्राउन्डको काम हुन्छ’, उनले भने ।

धुर्मुसले तीन हजार दर्शकले हेर्न मिल्ने प्याराफिट सम्पन्न भएको जानकारी दिएका छन् । ‘धुर्मुसले भने ,’त्यसको फिनिसिङ पलास्टरको काम छ । ग्राउन्डको काम अन्तिम चरणमा पुगेको छ । त्यसको लेभल समाउने काम भई रहेको छ । समाउने काम सकिएपछि दुबो लगाउने छौं । यो अवधिमा मैदान निर्माण गर्नी भन्नी छ । कोरोना त छदै छ त्यसमा अवको समयमा पानी हुँदा थप चुनौती बनेको छ ।’

जनशक्ति कति प्रयोग हुने भन्न नसक्ने धुर्मुस बताउँछन् । ‘यतिनै जनशक्ति भन्ने हुँदैन । जतिपनि लाग्न सक्छ । निर्माणको काममा थाहा छ । दुबो रोप्ने खन्नेमा हुँदैन । अहिले रंगशालामा ९० जना जति छन् । यो अवधीमा भिआइपी टावरको वान र टुको जग मात्र खनेका थियौं । भिआईपी टावर वानकोे यो अवधीमा काम हुन्छ । आर्थिक कुरा मात्र हुने हो भने कुनै पनि समय कुनै पनि काम रोकिदैन’, उनले भने, ‘कोरोनाले पनि काम रोकिदैन । किनभने कोरोनाको उच्च समयमा पनि काम गरेर यहाँ सम्म आई सकेका छौं । कोरोना कठिन समयमा पनि दुई तीन सय त्यहिँ भित्र काम गरेको हो । आर्थिक स्रोत व्यवस्थापन हुने हो भने कुनैपनि समय कुनै पल रंगशाला निर्माण रोकिदैन ।’

गत फागुनमा फाउण्डेसनले रंगशाला आम्दानी र खर्च सार्वजनिक गरेका थियो । फागुन सम्म रंगशाला निर्माणमा ४३ करोड ४८ लाख खर्च हुँदा ३२ करोड ३० लाख २४ हजार संकलन भएको थियो। रंगशाला निर्माणको लागि कुल लगात ३ अर्व ५५ करोड अनुमान गरिएको छ ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.