5 years ago
April 30, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २६ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले पन्जाब किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

पन्जाबले टोलीमा तीन परिवर्तन गरेको छ । ओपनर मयंक अग्रवाल, अर्शदीप सिंह र हेनरिक्स मोइजेस आजको खेलमा बेन्चमा राखेको छ । राइली मेरिडीथ, हरप्रित बार र प्रभस्म्रन सिंहलाई टोलीमा समेटेको छ । बेंगलोरले टोलीमा एक परिवर्तन गर्दै वासिन्टन सुन्दरको स्थानमा शहवाज अहमदलाई मौका दिएको छ ।
पन्जाब किंग्स प्लेइङ ११ : लोकेश राहुल(कप्तान), क्रिस गेल, दीपक हुडा, निकोलस पुरन, प्रभस्म्रन सिंह, शाहरुख खान, क्रिस जोर्डन, राइली मेरिडीथ, रवी विश्रोई, मोहम्मद शामी र हरप्रित बार ।
Mayankविराट कोहली, (कप्तान), देवदत्त पाडिक्कल, राजत पातिदार, ग्लेन म्याक्सवेल, एवी डिभिलियर्स, शहबाज अहमद, ड्यानियल साम्स, काइल जामिसन, हर्षल पटेल, मोहम्मद शिराज र युजभेन्द्र चहल ।
हेड टु हेड ः
बेंगलोर र पन्जाबबीच आइपिएलमा कुल २६ खेल भएको छ । पन्जाब १४ खेलमा विजयी हुँदा १२ खेलमा पराजित भएको छ ।
अंक तालिका
चेन्नई सुपर किंग्स ६ खेलमा ५ जित र १ मा हार सहित १० अंक सहित शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ६ खेलमा ३ मा हार र ३ मा जित सहित ६ अंक बटुल्दै चौथो स्थानमा छ ।
कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ पाँचौ स्थानमा छ । पन्जाब ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान रोयल्स ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]