5 years ago
May 1, 2021
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा आज सर्वाधिक दुई सफल टोली मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा दिल्लीमा सुरु हुनेछ ।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई मुम्बईलाई हराउँदै १२ अंकका साथ शीर्षस्थानमा कायमै रहन चाहन्छ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्स चेन्नईलाई हराउँदै चौथो जितका साथ ८ अंक जोड्ने सोचमा छ । आइपिएलका यी दुई सर्वाधिक सफल टिम र कप्तानबीचको प्रतिस्पर्धा रोचक र कडा हुने अनुमान गरिएको छ । चेन्नई र मुम्बईको खेललाई ‘आइपिएल क्लासिको’ पनि भनिन्छ ।
मुम्बईले पछिल्लो खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । ओपनर क्विन्टन डी ककले ५० बलमा ७० रनको इनिङ खेलेका थिए । सुरुवाती समय संघर्ष गरेका डी ककको लय फर्कनु मुम्बईको लागि सकरात्मक कुरा हो । रोहित शर्मा र सूर्यकुमार यादवलाई शीर्षक्रममा राम्रो प्रदर्शन गर्न आवश्यक देखिन्छ ।

क्रुनाल पाण्ड्याले चौथो नम्बरमा ब्याटिङ गर्दै राजस्थान विरुद्ध ३९ रनको इनिङ खेलेका थिए । हार्दिक पाण्ड्या र काइरन पोलार्डबाट मुम्बई उत्कृष्ट अन्त्य चाहन्छ । यस सिजनमा जस्प्रित बुमराह र ट्रेन्ट बोल्टको जोडीले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन् । यी दुई खेलाडीबाट चेन्नईविरुद्ध मुम्बई उत्कृष्ट प्रदर्शन चाहन्छ । स्पिनर राहुल चाहरको उच्च प्रदर्शन गर्दै आएका छन् । मुम्बईले आज टोलीमा परिवर्तन गर्ने सम्भावना कम देखिन्छ ।
चेन्नई पहिलो खेलमा दिल्लीसँग पराजित भएपनि त्यसपछि लगातार पाँच खेलमा जितका साथ १० अंक जोड्दै शीर्षस्थानमा छ । चेन्नईले ब्याटिङ र बलिङ दुबैमा उच्च प्रदर्शन गर्दै आएको छ । ओपनर फाफ डु प्लेसिस, रविन्द्र जडेजा र तीव्र गतिका बलर दीपक चाहर उत्कृष्ट लयमा छन् ।
ओपनर फाफ डु प्लेसिसले पछिल्ला तीन खेलमा रोयल च्यालेन्जर्स बेंगलोर, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादविरुद्ध लगातार अर्धशतक प्रहार गरेका थिए । चेन्नई फाफ डु प्लेसिसबाट त्यस्तै उत्कृष्ट प्रदर्शन चाहन्छ । उनको लय रोक्न मुम्बईका बलरलाई कठिन पर्न सक्छ ।

भारतीय क्रिकेटका भविष्य मानिएका अर्का युवा ओपनर ऋतुराज गायकवाडले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । पछिल्लो खेलमा चेन्नईले हैदराबादलाई ७ विकेटले हराउन ऋतुराजले ७५ रनको उत्कृष्ट इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए । पहिलो विकेटका लागि फाफ र ऋतुराजले १ सय २९ रनको उत्कृष्ट साझेदारी गरेका थिए । यी दुई खेलाडी मुम्बईविरुद्ध पनि म्याच विनर सावित हुन सक्छन् ।
सुरेश रैना, आम्बाती रायुडू, मोईन अली, रविन्द्र जडेजा र महेन्द्र सिंह धोनी टोलीमा हुँदा चेन्नईको ब्याटिङ बलियो छ । जडेजाले बेंगलोरविरुद्ध एकै ओभरमा ३७ रन प्रहार गर्नेक्रममा ६२ रन बनाउनुको साथै ३ विकेट लिदै सहज जित दिलाएका थिए । तल्लोक्रममा साम करन र ड्वेन ब्राभो जस्ता विश्वस्तरिय अलराउन्डर हुँदा चेन्नईको ब्याटिङमा गहिराई छ ।
करनले लगातार ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । तीव्र गतिका बलर दीपक चाहरले पावरप्लेमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । दीपकलाई साम करन, शार्दूल ठाकुर र लुन्गी एनगिडीले तीव्र गतिको बलिङ युनिटमा साथ दिने छन् । स्पिनरमा जडेजा र मोईन अली जस्ता अनुभवी खेलाडी छन् ।

सर्वाधिक सफल कप्तान र टिम
आइपिएल इतिहासमा चेन्नई र मुम्बई सर्वाधिक सफल टिम हुन् । १३ संस्करण सकिँदा यी दुई टोलीले ८ उपाधि जितेका छन् । मुम्बईले ५ र चेन्नईले ३ उपाधि जितेका छन् । मुम्बईले ६ र चेन्नईले ८ पटक आइपिएलको फाइनल खेलेको छ । चेन्नई गत वर्ष बाहेक अन्य सबै संस्करणमा प्लेअफमा पुग्ने एक्लो टोली ।
चेन्नईलाई धोनी र मुम्बईलाई रोहितले सवै उपाधि जिताएका हुन् । धोनीले १ सय ९४ खेलमा कप्तानी गर्दा १ सय १५ खेलमा जित र ७८ खेलमा हार बेहोरेका छन् । रोहितले १ सय २२ खेलमा कप्तानी गर्दा ७१ मा जित र ४७ मा हार बेहोरेका छन् । दुबै कप्तान शालिन, शान्त र खेलाडीलाई स्वतन्त्र छोड्नुको साथै विश्वास बढी गर्ने गर्दछन् ।

हेड टु हेड :
मुम्बई र चेन्नईबीच हालसम्म ३० खेल भएको छन् । मुम्बई १८ खेलमा विजयी हुँदा १२ खेलमा पराजित भएको छ । गतवर्ष पहिलो खेलमा मुम्बई ५ विकेटले पराजित हुँदा दोस्रो खेलमा १० विकेटले विजयी भएको थियो । २०१९ मा चेन्नईलाई एक रनले हराउँदै मुम्बईले उपाधि जितेको थियो । त्यस सिजनका चारै खेलमा मुम्बईले जितेको थियो ।
मुम्बईले जितेका पाँच मध्य तीन उपाधि फाइनलमा चेन्नईलाई हराउँदै छ । २०१८ यता यी दुई टोलीबीच ८ खेल हुँदा मुम्बई ६ खेलमा विजयी भएको छ ।

अंक तालिका
चेन्नई सुपर किंग्स ६ खेलमा ५ जित र १ मा हार सहित १० अंक सहित शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ६ खेलमा ३ मा हार र ३ मा जित सहित ६ अंक बटुल्दै चौथो स्थानमा छ ।
पन्जाब ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै पाँचौं स्थानमा छ । कोलकाता ७ खेलमा ५ मा हार र २ जित सहित ४ अंकका साथ छैटौं स्थानमा छ । राजस्थान रोयल्स ६ खेलमा ४ मा हार र २ मा जित सहित ४ अंकका साथ सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद ६ खेलमा ५ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]