default_image

5 years ago

May 1, 2021

पाकिस्तान फराकिलो इनिङ अन्तरले विजयी

118 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर हसन अलीको उत्कृष्ट बलिङ र मध्यक्रमका ब्याट्सम्यान फवाद आलमको सानदार शतकमा जिम्बावेसँगको पहिलो टेष्ट खेलमा पाकिस्तान १ सय १६ रनको फराकिलो इनिङ अन्तरले विजयी भएको छ ।

पहिलो इनिङमा २ सय ५० रनले पछि परेको जिम्बावे दोस्रो इनिङमा ४६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भएपछि पाकिस्तान फराकिलो इनिङ अन्तरले विजयी भएको हो । जिम्बावेका तरिसै मुसकान्डा सर्वाधिक ४३ रनको योगदान दिए ।

ओपनर केभिन कसुजा २८, ब्रेन्डन टेलर २९ र रेजिस चकभा १४ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानका तीव्र गतिका बलर हसन अलीले १२.२ ओभरमा २ मेडन सहित ३६ रन खर्चेर ५ विकेट लिए । नौमान अलीले २ र फहिम अशराफले १ विकेट लिए ।

पाकिस्तानले पहिलो इनिङमा १ सय ३३ ओभरमा ४ सय २६ रनमा अल आउट भएको थियो । पाकिस्तान फवाद आलमले २ सय ४ बलमा २० चौका सहित १ सय ४० रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । ओपनर इमरान बुटले २ सय ३६ बलमा ७ चौका सहित ९१ रन बनाए ।

आविद अली ६०, अजहर अली ३६, कप्तान बाबर आजम गोल्डेन डग आउट, मोहम्मद रिजवान ४५ र हसन अलीले ३० रनको योगदान दिए । जिम्बावेका मुर्जाबानीले ४, डोनाल्ड तिरिपानो ३ र रिचर्ड नगारावा २ विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको जिम्बावे पहिलो इनिङमा ५९.१ ओभरमा १ सय ७६ रनमा अल आउट भएको थियो । जिम्बावेका रोय कायाले ९४ बलमा ७ चौका सहित सर्वाधिक ४८ रनको योगदान दिए । मिल्टन शुम्बाले २७ र तिरिपानोले २८ रनको योगदान दिए । पाकिस्तानका हसन अली र शाहिन अफ्रिदीले ४–४ विकेट लिए ।

दोस्रो टेष्ट मे ७ देखि सुरु हुने छ ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.