5 years ago
May 2, 2021
एजेन्सी – ओपनर जस बटलरको सानदार शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २८ औं खेलमा सनराइजर्स हैदराबादलाई २ सय २१ रनको लक्ष्य दिएको छ ।

अरुण जेटली स्टेडियम दिल्लीमा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २० रन बनायो । सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ७७ रन बनाएको राजस्थानले अन्तिम १० ओभरमा २ विकेट गुमाउँदै १सय ४३ रन बनाएपछि विशाल योगफल बनाएको हो ।
राजस्थानलाई विशाल लक्ष्यमा पुर्याउन ओपनर जस बटलरले ६४ बलमा ११ चौका र ८ छक्का सहित सर्वाधिक १ सय २४ रनको सर्वोत्कृष्ट शतकीय इनिङ खेले । बटलरले विजय शंकरको १७ औं ओभरको अन्तिम बलमा एक रन बटुल्दै आइपिएल र टि२० करिअर दुबैको पहिलो शतक पूरा गरेका थिए । बटलरले ५६ बलमा १० चौका र ५ छक्का सहित शतक पूरा गरेका थिए ।

सुरुवाती संयमित ब्याटिङ गरेका बटलरले ३९ बलमा अर्धशतक पूरा गरेका थिए । थप १७ बलमा ५० रन बनाउँदै बटलरले टि२० करिअरको पहिलो सानदार शतक प्रहार गरेका थिए । बटलर सन्दीप शर्माको १९ औं ओभरको अन्तिम बलमा बोल्ड आउट भएका थिए । राजस्थानका लागि यो कुनैपनि ब्याट्सम्यानले एक खेलमा बनाएको सर्वाधिक रन हो । यसअघि सन्जु स्यामसनले पन्जाब किंग्सविरुद्ध यसै सिजनमा १ सय १९ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए ।
राजस्थानलाई ओपनर यशस्वी जैसवाल र जस बटलरले पहिलो विकेटका लागि ३ ओभरमा १७ रनको साझेदारी गरेका थिए । स्पिनर राशिद खानले जैसवाललाई १२ रनमा एलबिडब्लू आउट गरे । जैसवालले १३ बलमा २ चौका प्रहार गरे । दोस्रो विकेटका लागि सञ्जु र बटलरले ८८ बलमा १ सय ५० रनको उत्कृष्ट साझेदारी गरेपछि बलियो योगफलमा पुगेको थियो ।

विजय शंकरको १७ औं ओभरको चौथो बलमा स्यामसनले ठूलो सट खेलेपनि लङअफमा अब्दुल सामदले उत्कृष्ट जम्पकासाथ साझेदारीमा ब्रेक लगाएका थिए । कप्तान सञ्जु स्यामसनले ३३ बलमा ४ चौका र २ छक्का सहित ४८ रनको योगदान दिए । सन्जु स्यामसनले ब्यक्तिगत २३ रनमा जीवनदान पाएका थिए ।

सन्दीप शर्माको नवौं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका स्यमसन लङअफमा मनिष पाण्डेले क्याच ड्रप गर्न पुगेका थिए । युवा ब्याट्सम्यान रियान पराग १५ र डेविड मिलर ७ रनमा अविजित रहे । हैदराबादका विजय शंकर, सन्दीप शर्मा र राशिद खानले १–१ विकेट लिए ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]