default_image

5 years ago

May 2, 2021

पन्जाबको कप्तानी मयंकले गर्ने, मलानको डेब्यू

170 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा दिल्ली क्यापिटल्सले पन्जाब किंग्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा दिल्लीका कप्तान ऋषभ पन्तले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पन्जाबको कप्तानी मयंक अग्रवालले गर्ने भएका छन् ।

पन्जाबमा दुई परिवर्तन गरेको छ । लोकेश राहुलको स्थानमा मयंक अग्रवाल टोलीमा आएका छन् । इंग्ल्यान्डका शीर्षक्रमका ब्याट्सम्यान डेविड मलानले पन्जाबबाट आइपिएलमा डेब्यू गरेका छन् । देब्रे हाते ब्याट्सम्यान मलान विश्व टि२० वरियताका शीर्षकमका खेलाडी हुन् । मलानले निकोलस पुरनको स्थानमा लिएका छन् ।

पुरनले ६ खेल मध्य ४ मा खाता खोल्न सकेका छैनन् । बाँकी दुई खेलमा १९ र ९ रन मात्र बनाएका छन् । राहुल नहुँदा पन्जाबले ब्याटिङ बलियो बनाउन मलानलाई मौका दिएको हो । दिल्लीले टोलीमा कुनै परिवर्तन गरेको छैन । पन्जाब किंग्सका कप्तान लोकेश राहुल अस्पताल भर्ना भएका छन् । शनिवार राती पेटमा अत्याधिक दुखाईको कारण औषधी प्रयोग गरेपनि ठिक नभएपछि उपचारको राहुललाई अस्पताल लगिएको थियो । जसको कारण कप्तान परिवर्तन गरेको हो ।

दिल्ली ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ दोस्रो स्थानमा छ । दिल्ली आजको खेलमा विजयी भए १२ अंकका साथ शीर्षस्थानमा उक्लिने छ । शीर्षस्थानमा रहेको चेन्नई सुपर किंग्सको ७ खेलमा १० अंक छ । पन्जाब ७ खेलमा ३ मा जित र ४ मा हार सहित ६ अंक जोड्दै पाँचौं स्थानमा छ । पन्जाब आजको खेलमा विजयी भए चौथो स्थानमा उक्लिने समीकरण छ ।

पन्जाब किंग्स प्लेइङ ११ : मयंक अग्रवाल (कप्तान), क्रिस गेल, दीपक हुडा, डेविड मलान, प्रभस्म्रन सिंह, शाहरुख खान, क्रिस जोर्डन, राइली मेरिडीथ, रवी विश्रोई, मोहम्मद शामी र हरप्रित बार ।

दिल्लीको प्लेइङ ११ : पृथ्वी शा, शिखर धवन, स्टिभ स्मिथ, ऋषभ पन्त (कप्तान), मार्कस स्टोइनिस, शिम्रन हेटमायर, अक्षर पटेल, ललित यादव, कागिसो रबाडा, ईशान्त शर्मा र आवेश खान

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.