5 years ago
May 2, 2021
एजेन्सी – कप्तान मयंक अग्रवालको उत्कृष्ट ब्याटिङमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २९ औं खेलमा दिल्ली क्यापिटल्सलाई १ सय ६७ रनको लक्ष्य दिएको छ ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६६ रन बनायो । पन्जाबका कप्तान मयंक अग्रवालले ५८ बलमा ८ चौका र ४ छक्का सहित सर्वाधिक ९९ रनमा अविजित रहे । अग्रवालले आवेश खानलाई चौथो चौका, पाँचौं बलमा छक्का र अन्तिम बलमा चौका प्रहार गरेपनि शतक बनाउन १ रनले चुकेका थिए ।
नियमित कप्तान लोकेश राहुललाई एपेन्डिसाइटिसको कारण अस्पतालमा हुँदा अग्रवालले नेतृत्व गरि रहेका छन् । ओपनर तथा विकेटकिपर प्रभसिम्रनसिंहलाई कागिसो रबाडाले चौथो ओभरको चौथो बलमा स्टिभ स्मिथबाट १२ रनमा क्याच आउट गराउँदै दिल्लीलाई पहिलो सफलता दिलाए । रबाडालेनै छैटौं ओभरको दोस्रो बलमा क्रिस गेललाई १३ रनमा बोल्ड आउट गरेका थिए । गेलले ९ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

तेस्रो विकेटका लागि डेब्यू गरेका डेविड मलान र अग्रवालले ४७ बलमा ५२ रनको साझेदारी गरेका थिए । १४ औं ओभरको पहिलो बलमा अक्षर पटेलले मलानलाई २६ रनमा बोल्ड आउट गर्दै साझेदारी तोडेका थिए । मलानले २६ बलमा १ चौका र १ छक्का प्रहार गरे । एक बलपछि दीपक हुडा १ रनमा रन आउट भए । तालमेल नमिल्दा अग्रवाल र दीपक एकैतर्फ भाग्दा रन आउट हुन पुगेका थिए ।
शाहरुख खान ४ रनमा क्याच आउट भए । हरप्रीत बार ४ रनमा अविजित रहे । दिल्लीका कागिसो रबाडाले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेल र आवेश खानको नाममा १–१ विकेट रह्यो ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]