default_image

5 years ago

May 3, 2021

सानदार जितसँगै श्रीलंकालाई सिरिज

132 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले बंगलादेशसँगको दोस्रो टेष्ट खेलमा सानदार जित निकालेको छ । दोस्रो टेष्ट खेलमा २ सय ९ रनको फराकिलो जितसँगै श्रीलंकाले दुई टेष्ट सिरिज १–० ले जितेको छ । जितका लागि ४ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश दोस्रो इनिङमा ७१ ओभरमा २ सय २७ रनमा अल आउट भयो ।

बंगलादेशका मुश्फिकुर रहिमले ६३ बलमा ५ चौका सहित सर्वाधिक ४० रनको योगदान दिए । मेहदी हसनले ३९, कप्तान मोमिनुल हक ३२, सैफ हसन ३४, तमिम इकवाल २४ र नाज्मुल सान्टो २६ रनमा आउट भए । श्रीलंका युवा स्पिनर तथा डेब्यू खेल खेलेका प्रविन जयविक्रमले सर्वाधिक ५ विकेट लिए । अर्का स्पिनर रमेश मेन्डिसले ४ र धनञ्जय डी शिल्भाले १ विकेट लिए ।


पहिलो इनिङमा २ सय ४२ रनको फराकिलो अग्रता लिएको श्रीलंकाले दोस्रो इनिङमा १९४–९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गर्दै बंगलादेशलाई बलियो लक्ष्य दिएको थियो । श्रीलंका कप्तान दिमुथ करुणारत्नेले सर्वाधिक ६६ रनको योगदान दिए । धनञ्जय डी शिल्भा ४२, पाथुम निसंका र निरोसन डिक्वेलाले २४–२४ रन बनाए । बंगलादेशका ताइजुल ईस्लामले सर्वाधिक ५ विकेट लिए ।


पहिलो इनिङमा बंगलादेश २ सय ५१ रनमा अल आउट भएको थियो । ओपनर तमिम इकवालले १ सय ५० बलमा १२ चौका सहित सर्वाधिक ९२ रनको योगदान दिएका थिए । मोमिनुल ४९ र रहिमले ४० रन बनाए । अन्यले राम्रो रन बनाउन सकेनन् । प्रविन जयव्रिकमले ६ विकेट लिएका थिए ।

रमेश मेन्डिस र सुरुगा लकमलले २–२ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ थालेको श्रीलंकाले पहिलो इनिङमा ४९३–७ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । श्रीलंका ओपनर लाहिरु थिरिमानेले २ सय ९८ बलमा १५ चौका सहित १ सय ४० रनको शतकीय इनिङ खेलेका थिए ।

दिमुथ करुणारत्नेले १ सय ९० बलमा १५ चौका सहित १ सय १८ रन बनाएका थिए । पहिलो विकेटका लागि दिमुथ र लाहिरुले २ सय ९ रनको उत्कृष्ट दोहोरो शतकीय साझेदारी गरेका थिए । तल्लोक्रममा निरोशन डिक्वेवाले ७७ रन बनाए ।

बंगलादेशका तस्किन अहमदले सर्वाधिक ४ विकेट लिएका थिए । पहिलो टेष्ट बराबरीमा सकिएको थियो । २२ वर्षिय प्रविन जयविक्रमले पहिलो इनिङमा ६ र दोस्रो इनिङमा ५ गरि कुल ११ विकेट लिदै प्लेयर अफ द म्याच चुनिए । दुबै खेलमा सानदार शतक प्रहार गरेका कप्तान दिमुथ प्लेयर अफ द सिरिज चुनिए ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.