default_image

5 years ago

May 4, 2021

मुख्य प्रशिक्षक ह्वाटमोर श्रीलंका फर्कदै

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर आज श्रीलंका फर्किदै छन् । ह्वाटमोर दिउँसो १ बजे त्रिभुवन विमानस्थलबाट श्रीलंकातर्फ लाग्ने छन् ।

दोस्रो लहरको कोरोना महामारीले क्रिकेट गतिविधि ठप्प भएपछि अष्ट्रेलिया प्रशिक्षक देभ ह्वाटमोर एक महिनाको लागि श्रीलंका फर्किन लागेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । ह्वाटमोर गत माघमा नेपाल आएका थिए । उनको प्रशिक्षकमा नेपालले गत साता घरेलु मैदान टियुमा नेदरल्यान्ड्सलाई फाइनलमा १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो ।

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजमा नेपाली खेलाडीको ब्याटिङमा देखिएको सुधारले प्रशिक्षक देभ ह्वाटमोरको तारिफ उच्च भएको थियो । उनले प्रधानमन्त्री कप एकदिवसिय र काठमाडौं मेयर कप घरेलु प्रतियोगितामा खेलाडी हेरेका थिए । नेपालको कमजोर मानिने ब्याटिङ ह्वाटमोर आएसँगै सुधार देखिएको छ ।

नेपालको आइसिसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डसँगको सिरिज पक्का भएपछि उनी नेपाल फर्किने चन्द बताउँछन् । नेपालले जुलाईमा स्कटल्यान्डमा नामिबिया, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक सिरिज हुने कार्यक्रम छ । तर कोरोनाको कारण अनिश्चित बनेको छ । क्यानले अनिश्चित समय सम्मको लागि सम्पूर्णकार्यक्रम स्थगित गरि सकेको छ ।

सन् १९९६ मा श्रीलंकालाई प्रशिक्षकको रुपमा एकदिवसिय विश्वकप जिताएका ह्वाटमोरको परिवार भने श्रीलंकामा छ । त्यसैले उनी श्रीलंकातर्फ जादै छन् ।

December 21, 2025

भारतलाई हराउँदै पाकिस्तान यु १९ एसिया कप च्याम्पियन

एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]

December 21, 2025

टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको‌ नाम सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]

December 21, 2025

क्रिकेटर शेर एसपिएको ब्रान्ड एम्बासडर नियुक्त

धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले‌ आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]

Success

Thank you for your time.