default_image

3 years ago

May 7, 2021

अजहर र आबिदको शतकमा पाकिस्तान बलियो

33 views

0 Bookmark

एजेन्सी – ओपनर आबिद अली र अजहर अलीको शतकको सहयोगमा पाकिस्तानले जिम्बावेसँगको दोस्रो टेष्ट खेलमा सानदार सुरुवात गरेको छ । हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले पहिलो इनिङमा पहिलो दिन ९० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६८ रन जोडेको छ ।

पाकिस्तानका ओपनर आबिद अली २ सय ४६ बलमा १७ चौका सहित १ सय १८ रनमा अविजित छन् । आबिदको यो टेष्ट करिअरको तेस्रो शतक हो । तेस्रो नम्बरमा ब्याटिङ गरेका अजहर अलीले २ सय ४० बलमा १७ चौका र १ छक्का सहित १ सय २६ रन बनाउँदै क्याच आउट भए । अजहरको यो टेष्ट करिअरको १८ औं टेष्ट शतक हो ।

१२ रन जोड्दानै पहिलो विकेट गुमाएको पाकिस्तानलाई दोस्रो विकेटका लागी अजहर र आबिदले २ सय ३६ रनको दोहोरो शतकीय साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए । ओपनर इमरान बुट र कप्तान बाबर आजम भने २–२ रनमै क्याच आउट हुन पुगे । फवाद आलमलाई मुर्जाबानीले ५ रनमा बोल्ड आउट गरे ।

जिम्बावेका तीव्र गतिका बलर मुर्जाबानीले ३ र रिचर्ड नगारावा १ विकेट लिए । पहिलो टेष्ट खेलमा १ सय १६ रनको इनिङ अन्तरले पराजित गर्दै पाकिस्तानले दुई टेष्ट सिरिजमा १–० को अग्रता लिएको छ ।

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

May 7, 2024

सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित

एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबादलाई ७ विकेटले हराएको हो । हैदराबादले दिएको १ सय ७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमै ३ विकेट मात्र गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमारले ५१ बलमा १२ चौका र ६ छक्का […]

May 6, 2024

मुलपानी क्रिकेट मैदानको डिजाइन प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन आज युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ। युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याल लगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाको बारेमा पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो। डिजाइन अनुसार हालको […]

Success

Thank you for your time.