5 years ago
May 9, 2021
एजेन्सी – आइसिसी विश्व टेष्ट च्याम्पियनसिप २०१९/२१ को फाइनल आगमी जुनमा इंग्ल्यान्डको साउथह्याप्टनमा हुँदैछ । नौ देशबीच दुई बर्षसम्म चलेको च्याम्पियनसिपको अंक तालिकामा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा हुँदै फाइनलमा स्थान बनाएका हुन् । विश्व टेष्ट वरियताका शीर्ष यी दुई टोलीबीच प्रतिस्पर्धा उच्च हुने अपेक्षा गरिएको छ ।

सन् २०१९ देखि सुरु भएको विश्व टेष्ट च्याम्पियनसिपमा आइसिसीका विश्व वरियतामा शीर्ष ९ टोलीले प्रतिस्पर्धा गरेका थिए । इंग्ल्यान्ड र अष्ट्रेलिया जस्ता देशले भने फाइनलमा स्थान बनाउन सकेनन् । दुई महिना अघि भारतसँगको चार टेष्ट सिरिज ३–१ ले गुमाएको इंग्ल्यान्ड घरेलु मैदानमा हुने फाइनलमा दर्शक बन्नेछ ।
कोरोनाका कारण दक्षिण अफ्रिकासँग सिरिज स्थगित हुँदा अष्ट्रेलियाले पनि फाइनलमा स्थान बनाउन सकेन । फाइनलमा पुग्न नसकेपनि ब्याटिङ र बलिङ दुवैमा अष्ट्रेलिया खेलाडी शीर्षस्थानमा रहे । बलिङमा तीव्र गतिका बलर प्याट कमिन्स ७० विकेटका साथ शीर्ष स्थानमा रहे । विश्व टेष्ट च्याम्पियनसिपमा एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी अष्ट्रेलिया डेविड वार्नर बने । वार्नरले २०१९ मा पाकिस्तानविरुद्ध ३ सय ३५ रनको अविजित इनिङ खेलेका थिए ।

एकै इनिङमा सर्वाधिक रन न्युजिल्यान्डले पाकिस्तानविरुद्ध गत जनवरीमा ६ सय ५९ रन बनाएको थियो । विश्व क्रिकेटका चर्चित ब्याट्सम्यान विराट कोहली, बाबर आजम, डेविड वार्नर, केन विलियम्सन जस्ता खेलाडी शीर्ष पाँचमा अट्न सकेनन् । फाइनल अघि विश्व टेष्ट च्याम्पियनशिपमा सर्वाधिक रन बनाउने ५ ब्याट्सम्यान यस प्रकार छन् ।
५ .अजिक्या रहाने – १ हजार ९५ रन
भारतबाट विश्व टेष्ट च्याम्पियनसिपमा सर्वाधिक रन बनाउने खेलाडी उपकप्तान अजिक्या रहाने बने । अजिक्या रहानेले १७ खेलमा २८ इनिङमा ब्याटिङ गर्दै रहानेले तीन शतक र ६ अर्धशतक सहित कुल १ हजार ९५ रन बनाए । उत्कृष्ट प्रदर्शन १ सय १५ रन रह्यो । कुल १ सय २५ चौका र ६ छक्का प्रहार गरे । गत डिसेम्बरमा अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्न रहानेले पहिलो इनिङमा १ सय १२ रनको कप्तानी इनिङ खेलेका थिए ।
४. बेन स्टोक्स – १ हजार ३ सय ३४ रन
इंग्ल्यान्डका वर्तमान समयका विश्व क्रिकेटकै सर्वोत्कृष्ट अलराउन्डर बेन स्टोक्स सर्वाधिक रन बनाउने चौथो खेलाडी हुन् । स्टोक्सले १७ खेलको ३२ इनिङमा ब्याटिङ गर्दै ४ शतक र ६ अर्धशतक सहित कुल १ हजार ३ सय ३४ रन बनाए । उनले कुल १ सय ४२ चौका र ३१ छक्का सामेल रह्यो । विश्व टेष्ट च्याम्पियनशिपमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी समेत हुन् ।
उत्कृष्ट प्रदर्शन १ सय ७६ रन रह्यो । उक्त इनिङ वेस्टइन्डिजविरुद्ध गत जुलाईमा खेलेका थिए । स्टोक्सले विश्व टेष्ट च्याम्पियनशिप अन्तर्गत २०१९ अगष्टमा अष्ट्रेलियासँग तेस्रो टेष्ट खेलमा इंग्ल्यान्डलाई १ विकेटको जित दिलाउन खेलेको १ सय ३५ रनको इनिङ सर्वोत्कृष्ट र एक यादगार मानिन्छ ।
३. स्टिभ स्मिथ – १ हजार ३ सय ४१ रन

अष्ट्रेलिया प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथ सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा तेस्रो स्थानमा छन् । स्मिथले १३ खेलको २२ इनिङमा ब्याटिङ गर्दै कुल १ हजार ३ सय ४१ रन बनाएका थिए । जसमा ४ शतक र ७ अर्धशतक सामेल रह्यो । स्मिथले १ सय ५१ चौका र ७ छक्का प्रहार गरे । स्मिथको उत्कृष्ट प्रदर्शन २ सय ११ रह्यो । स्मिथले २०१९ सेप्टेम्बरमा इंग्ल्यान्डविरुद्ध म्यानचेस्टरमा ३ सय १९ बलमा २४ चौका र २ छक्का सहित २ सय १२ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए ।
२. जो रुट – १ हजार ६ सय ६० रन

विश्व टेष्ट च्याम्पियनसिपमा इंग्ल्यान्डका कप्तान जो रुटले सर्वोत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानमा रहे । रुटले २० खेलमा ३७ इनिङमा ब्याटिङ गर्दै कुल १ हजार ६ सय ६० रन बनाए । जसमा ३ शतक र ८ अर्धशतक सामेल छ । रुटले दुई दोहोरो शतक प्रहार गरे । कुल १ सय ६८ चौका र ८ छक्का प्रहार गरे । उत्कृष्ट प्रदर्शन २ सय २८ रन रह्यो । रुटले गत जनवरीमा श्रीलंकाविरुद्ध उक्त इनिङ खेलेका थिए । त्यस्तै रुटले भारतविरुद्ध गत फेब्रुअरीमा २ सय १५ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।
१. मार्नस लाबुसेन– १ हजार ६ सय ७५ रन

अष्ट्रेलियाका युवा ब्याट्सम्यान मार्नस लाबुसेन विश्व टेष्ट च्याम्पियनशिपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा शीर्ष स्थानमा रहे । लाबुसेनले १३ खेलमा २३ इनिङमा कुल १ हजार ६ सय ७५ रन बनाएका छन् । जसमा ५ शतक र ९ अर्धशतक सामेल रह्यो । लाबुसेनले कुल १ सय ८६ चौका र ३ छक्का प्रहार गरे । उत्कृष्ट प्रदर्शन २ सय १५ रन रह्यो । उक्त इनिङ लाबुसेनले २०२० मा सिड्नीमा न्युजिल्यान्डविरुद्ध खेलेका थिए ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]