5 years ago
May 8, 2021
एजेन्सी – ओपनर आबिद अलीको कीर्तिमानी दोहोरो शतकको सहयोगमा पाकिस्तानले जिम्बावेसँगको दोस्रो टेष्ट खेलमा विशाल योगफल बनाएको छ । हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले दोस्रो दिन पहिलो इनिङ १४७.१ ओभरमा ८ विकेटको क्षतिमा ५ सय १० रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो ।

पाकिस्तानका ओपनर आबिद अली ४ सय ७ बलमा २९ चौका सहित २ सय १५ रनमा अविजित रहे । आबिदको यो टेष्ट करिअरको पहिलो दोहोरो शतक हो । आबिद पाकिस्तानबाट जिम्बावेविरुद्ध टेष्ट क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् । यसअघि पाकिस्तानबाट जिम्बावेविरुद्ध सर्वाधिक रन युनिस खानले २ सय अविजित इनिङ खेलेका थिए ।
दोस्रो दिन आबिद अलि र स्पिनर नौमान अलीले आठौं विकेटका लागि १ सय ६९ रनको उत्कृष्ट साझेदारी गरेका थिए । आक्रामक ब्याटिङ गरेका नौमानले १ सय ४ बलमा ९ चौका र ५ छक्का सहित ९७ रनको इनिङ खेलेका थिए । स्टम्पिङ आउट हुँदा आफ्नो करिअरकै पहिलो शतक बनाउन तीन रनले चुकेका थिए ।

त्यसअघि पहिलो दिन अजहर अलीले २ सय ४० बलमा १७ चौका र १ छक्का सहित १ सय २६ रन बनाउँदै क्याच आउट भएका थिए । अजहरको यो टेष्ट करिअरको १८ औं टेष्ट शतक हो । १२ रन जोड्दानै पहिलो विकेट गुमाएको पाकिस्तानलाई दोस्रो विकेटका लागी अजहर र आबिदले २ सय ३६ रनको दोहोरो शतकीय साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए ।
पाकिस्तानको मध्यक्रम ब्याटिङ भने चल्न सकेन । ओपनर इमरान बुट र कप्तान बाबर आजम भने २–२ रनमै क्याच आउट हुन पुगे । फवाद आलमलाई मुर्जाबानीले ५ रनमा बोल्ड आउट गरे । सजिद खान २० र मोहम्मद रिजवान २१ रनमा आउट भए । जिम्बावेका तीव्र गतिका बलर मुर्जाबानीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै टेन्डाई चिसोरोले २, डोनाल्ड तिरीपानो, ल्यूक जोंगवे र रिचर्ड नगारावा १- १ विकेट लिए ।

दोस्रो दिन पहिलो इनिङ थालेको जिम्बावेले ३० ओभरमा ४ विकेट गुमाउँदै ५२ रन बनाएको छ । जिम्बावेका रेगिस चकब्वा ७१ बलमा ४ चौका सहित २८ रनमा अविजित छन् । ४ सय ५८ रनले पछि परेको जिम्बावेलाई फलोअनको डर रहेको छ । पाकिस्तानका हसन अली, शाहिन अफ्रिदी, सजिद खान र तबिस खानले १-१ विकेट लिए । पहिलो टेष्ट खेलमा १ सय १६ रनको इनिङ अन्तरले पराजित गर्दै पाकिस्तानले दुई टेष्ट सिरिजमा १–० को अग्रता लिएको छ ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]