default_image

5 years ago

May 9, 2021

क्रिकेटका पाँच अप्रत्याशित क्षण

225 views

0 Bookmark

एजेन्सी – क्रिकेट विश्वकै लोकप्रिय खेलमा गनिन्छ । हरेक खेलमा अनुशासन निकै महत्वपूर्ण हुन्छ । खेललाई अनुशासनभित्र राख्न आ–आफ्ना नियम हुन्छन् । नियममा उल्लेख नभएपनि खेलाडीले आफूलाई खेल भावनामा रहेर खेल्न अनुशासनमा रहनुपर्छ । अझ क्रिकेट त भद्रभलाद्मीको खेलका रुपमा परिचित रहेकाले अनुशासन र खेलभावनालाई निकै प्राथमिकतामा राखिन्छ ।

क्रिकेट एक रोमाञ्चक खेल हो । क्रिकेटमा कुनै भर हुँदैन । विशेष गरेर सिमित ओभरको खेलमा । अन्तिम बल र विकेट बाँकी रहँदासम्म खेलको नतिजा बदलिन सक्छ । पछिल्लो समय विकास भएको टि२० शैली र टि१० प्रतियोगिताले क्रिकेट आम समर्थकमाझ झनै लोकप्रिय बनाएको छ ।

तर कहिलेकाहीँ मैदानमा अप्रत्याशित घटना घट्ने गर्दछन् । जेन्टलम्यान मानिने खेलाडीले नै अनुशासन तोड्ने गर्दछन् । यस्ता दृश्यले समर्थकलाई आश्चर्य पार्छ । खेलको दौरानमा मैदानमा घटेका पाँच दृश्यहरुको छोटकरीमा व्याख्या गरिएको छ ।

५. अफ्रिदीले हात नमिलाउनु

पाकिस्तानका आक्रामक ब्याट्सम्यान शाहिद अफ्रिदी जब मैदान छिर्ने गर्दथे तब उनको ब्याटबाट निस्कने रनले समर्थकलाई निकै खुसी पार्दथियो । आक्रामक ब्याटिङका लागि परिचित बुम बुम अफ्रिदी पाकिस्तानका सर्वाधिक सफल अलराउन्डर खेलाडीमा पर्दछन् । पाकिस्तान र न्युजिल्यान्डबीचको २०१४ ओडिआई सिरिजको कुरा हो ।

यूएईमा पाकिस्तानको जितपछि पोष्ट म्याचमा रमिज राजाले अफ्रिदीलाई मास्टर ब्लास्टर अवार्डको लागि बोलाए । जसक्रममा उनलाई ५ सय अमेरिकी डरको चेक दिन प्रायोजकबाट एक महिला आएकी थिइन् । उक्त महिलाले अफ्रिदीसँग हात मिलाउन खोजेकी थिइन् ।

तर अफ्रिदीले नदेखे जस्तै गरे । उक्त महिला लाजले हाँस्न थालिन् । बाहिर पनि हाँसो थामिएन । तर अफ्रिदीको ब्यवहारले उक्त महिलालाई भने निकै कठिन र खिन्न भएको थियो । जुन क्रिकेट एक लाजमोर्दो क्षण थियो ।

४. मुस्तफा जर्सी लगाउँदै बल रोक्न खोज्नु

यूएईका अलराउन्डर रोहन मुस्तफा एसोसियट राष्ट्रका चर्चित नाम हुन् । पछिल्लो समय टि१० लिग लोकप्रिय हुँदै गएको छ । यसैक्रममा रोहन मुस्तफाले टिम आबूधाबीबाट नर्थन वारियर्सबीचको खेलमा रोचक घटना घट्यो । टि१० समर्थकका लागि निकै रोमाञ्चक खेल मानिन्छ । नर्थनले ब्याटिङ गरिरहेको थियो ।

तर मुस्ताफाले आफ्नो टिसर्ट परिवर्तन गर्दै थिए । त्यतिकैमा बल उनीतिर आएपछि उनी टिसर्ट लगाउँदै बल रोक्न खोजेका थिए । तर बल देखेनन् र चौका हुन पुग्यो । मुस्ताफाको उक्त अवस्थामा देखेर समर्थक र खेलाडी हाँस्न थाले । केहि दिनसम्म मुस्तफा सामाजिक सञ्जालमा ट्रोलकै शिकार बनेका थिए ।

मुस्तफाले पछि ट्वीटरमा लेख्दै आफ्नो स्थितिबारे स्पष्टीकरण दिएका थिए । उनले अर्को ओभर बलिङका लागि स्वेटर खोल्न लाग्दा जर्सी पनि सँगै खुल्न पुगेको जनाएका थिए ।

३. म्याक्सवेलको बोल्ड आउट

अष्ट्रेलिया ब्याट्सम्यान ग्लेन म्याक्सवेल विश्वक्रिकेटकै एक खतरनाक ब्याट्सम्यान हुन् । उनले एकै ओभरमा खेललाई मोड्न सक्ने क्षमता राख्छन् । उनले थुप्रै पटक छक्का हान्दै बल स्टेडियम र पार्क पनि कटाएका छन् । २०१४ डिसेम्बरमा बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट ब्रिस्बेन हिटविरुद्ध म्याक्सवेल ब्याटिङ गर्दै थिए ।

लक्ष्य पछ्याउने क्रममा म्याक्सवेल पहिलो ओभरमै आएका थिए । तीव्र गतिका बलर रायन डफिल्डको बलमा अघि बढ्दै ठूलो सट खेल्न खोजेका थिए । तर दुर्भाग्य इन स्वीङबलमा बोल्ड आउट हुन पुगे । म्याक्सवेल उक्त बलमा हेर्दा हेर्दै बोल्ड आउट हुन पुगे । म्याक्सवेलले रमाईलोको लागि गरेका थिए वा अनजानमा त्यो प्रष्ट छैन ।

तर म्याक्सवेलको लागि यो आफ्नो करिअरकै सर्वाधिक खराब बोल्ड आउट थियो । उक्त बोल्ड आउट पछि म्याक्सवेल केहि समय हेरेको हेर्यै भएका थिए ।

२. हसन सेलिब्रेसन गर्दा घाइते

क्रिकेटमा सफलता पछि खेलाडी खुसी सेलिब्रेशन मार्फत ब्यक्त गर्दछन् । पाकिस्तानका तीव्र गतिका बलर हसन अलीको नाम लिँदा धेरैलाई २०१७ को च्याम्पियनशिप ट्रफीको याद आउँछ । उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका साथ फाइनलमा भारतलाई पराजित गर्दै पाकिस्तानले उपाधि जितेको थियो ।

हसन अली त्यसपछि विश्व क्रिकेटमा प्रदर्शन र सलिब्रेशन दुवैमा चर्चित थिए । उनले विकेटलिए पछि गर्ने सेलिब्रेशन अझ रोमाञ्चक बनाउथ्यो । विकेट लिएपछि हसन अलीले दुबै हात एकै पटक फराउँदै सेलिब्रेशन गर्ने गर्दछन् । २०१८ मा पाकिस्तानले जिम्बावे भ्रमण गरेको थियो । हसन अलीले रयान मुर्रेलाई बोल्ड आउट गरेपछि दुबै हात उठाउँदै सेलिब्रेशन गरेका थिए ।

तर उनलाई उक्त सेलिब्रशेन निकै महँगो पर्यो । उनको घाँटी मर्किन पुगेको थियो । त्यसपछि हसन अली बाँकी दुई खेल गुमाउनु परेको थियो । जुन क्रिकेट इतिहासको एक लाजमर्दो र रोमाञ्चक क्षण थियो ।

१. खवाजाको मैदानमै गार्ड परिवर्तन

उस्मान खवाजा अष्ट्रेलिया शीर्षक्रमका ब्याट्सम्यान हुन् । विग ब्यास लिग २०२०–२१ मा उस्मान खवाजाले सिड्नी थन्डर्सबाट ब्रिस्बेन हिटसँगको खेलमा मैदानमै गार्ड परिवर्तन गरेका थिए । गार्ड अण्डकोषलाई सुरक्षित राख्न ब्याट्सम्यानहरु लगाउने गर्दछन् ।

मैदानमै उनले आफ्नो ट्याग परिवर्तन गर्दै गार्ड लगाएका थिए । यसले खेलाडी र समर्थक दुबैलाई आश्चर्य पार्यो । सबै हाँसीरहे । खेलाडीहरुले आफूलाई असहज भएमा ड्रेसिङ रुममा गएर बदल्ने गर्दछन् । तर खवाजाले मैदानमै सबैको अगाडि परिवर्तन गरेका थिए । खवाजाले खेललाई बीचमै रोक्दै गार्ड मगाएर लगाएका थिए ।

खवाजाले खेल रोक्दै आफ्नो जुत्ता, प्याड, ट्राउजर खोल्दा के गर्दैछन् भनेर टिकाटिप्पणी गरिरहेका थिए । खेल केहि समय रोकिदा खवाजाले वैकल्पिक खेलाडीसँग गार्ड मगाउँदै परिवर्तन गरेका थिए । जुन क्रिकेटको यो एक लाजलाग्दो र आश्चर्यमा पार्ने दृश्य थियो ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.