5 years ago
May 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका कप्तान बाबर आजमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल र ओपनर फखार जमानलाई पछि पार्दै आईसिसीको ‘प्लेयर अफ द मन्थ’ अवार्ड जितेका छन् ।

आइसिसीले अप्रिल महिनामा उत्कृष्ट प्रदर्शन गर्ने कुशलसँगै पाकिस्तानका कप्तान बाबर आजम र फखार जमान मनयोनमा परेका थिए । पाकिस्तानका कप्तान बाबर आजमले दक्षिण अफ्रिकासँग ओडिआई र टि२० आई सिरिज जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसैको आधारमा उनले अवार्ड जितेका छन् । यस अवार्डको विजेता आइसीसीकै प्यानल र खुला मतदानको मत अनुसार घोषणा गरिएको हो । आइसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति थियो । आइसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार हुनेछ । दुवै जोडेर सर्वाधिक मत बाबरले पाएका हुन् ।
क्षक्षिण अफ्रिकासँग अप्रिल २ मा पहिलो ओडिआई खेलमा पाकिस्तानलाई ३ विकेटले जिताउन बाबरले १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए । तेस्रो तथा निर्णायक ओडिआई खेलमा ९४ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । त्यस्तै टि२० आई खेलमा दक्षिण अफ्रिकाले २ सय ४ रनको विशाल लक्ष्य दुई ओभर अगाडिनै पूरा गर्नेक्रममा १ सय २२ रनको कीर्तिमानी इनिङ खेलेका थिए ।

कुशलले अघिल्लो साता नेपालको टि२० आई टोलीबाट डेब्यू गर्दै विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए । नेपाललाई त्रिकोणात्मक टि२० सिरिजको उपाधि दिलाउन कुशलले उत्कृष्ट प्रदर्शन गरेका थिए । जसक्रममा उनले डेब्यू सहित लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए । कुशल सुरुवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्ने पहिलो टि२० आई खेलाडी समेत हुन् ।
कुशलले नेदरल्यान्ड्सको खेलमा डेब्यू गर्दै ६२ रन बनाएका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ रन बनाएका थिए । यी दुवै खेलमा नेपालले ९–९ विकेटले सहजै जितेको थियो । तेस्रो खेलमा नेदरल्यान्ड्सँग कुशलले ६२ रन बनाउँदै लगातार तेस्रो अर्धशतक प्रहार गरेका थिए । उक्त खेलमा नेपाल पराजित भएको थियो । चौथो खेलमा मलेसियासँग १६ र फाइनलमा नेदरल्यान्ड्ससँग ७७ रन बनाएका थिए । फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो ।

अर्का ओपनर फखर जमानले पनि दक्षिण अफ्रिकासँग दोस्रो र तेस्रो ओडिआई खेलमा लगातार शतक प्रहार गरेका थिए । दक्षिण अफ्रिकासँग दोस्रो ओडिआई खेलमा ३ सय ४२ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा पाकिस्तान १७ रनले पराजित भएपनि जमानले १ सय ९३ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै धेरैको मन जितेका थिए । तेस्रो ओडिआई खेलमा १ सय १ रनको उत्कृष्ट शतकीय इनिङका साथ सिरिज जिताएका थिए ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]