5 years ago
May 12, 2021
एजेन्सी – न्युजिल्यान्डका सर्वाधिक सफल टेष्ट विकेटकिपर ब्याट्सम्यान बिजे वाटलिङले आगमी जुनमा इंग्ल्यान्डमा हुने विश्व टेष्ट च्याम्पियनशिप फाइनलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

विश्व टेष्ट च्याम्पियनशिप फाइनलमा भारत र न्युजिल्यान्डबीच जुन १८ देखि २२ सम्म साउथह्याप्टमा हुने छ । ३५ वर्षिय वाटलिङ न्युजिल्यान्डका सर्वाधिक टेष्ट विकेटकिपर हुन् । उनले न्युजिल्यान्डबाट ७३ टेष्ट खेलमा ८ शतक र १५ अर्धशतक सहित ३ हजार ७ सय ७३ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन २ सय ५ रन छ । दुई वर्षअघि इंग्ल्यान्डविरुद्ध उक्त २ सय ५ रनको इनिङ खेल्दै न्युजिल्यान्डबाट टेष्ट क्रिकेटमा विकेटकिपरको रुपमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए ।
वाटलिङ न्युजिल्यान्डबाट टेष्ट क्रिकेटमा सर्वाधिक ब्यक्तिगत रन बनाउने खेलाडी हुन् । एकै इनिङमा न्युजिल्यान्डका लागि सर्वाधिक रन बनाउने विकेटकिपर समेत हुन् । वाटलिङले २ सय ४९ क्याच आउट र ८ स्टम्पिङ गरेका छन् । वाटलिङले सन् २००९ मा दुबईमा पाकिस्तानविरुद्ध टेष्टमा डेब्यू गरेका थिए । वाटलिङले २८ ओडिआई र ५ टि२० आई खेल खेलेका छन् ।

विश्व टेष्ट च्याम्पियनशिपको लागि भारतले विराट कोहलीको कप्तानीमा आफ्नो टोली घोषणा गरि सकेको छ । न्युजिल्यान्डले घोषणा गर्न बाँकी छ । दुई वर्ष सम्म चलेको टेष्ट च्याम्पियनशिपमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् ।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]