9 years ago
November 24, 2016
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता चौथो राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ च्याम्पियनसिप हुने भएको छ । नेपाल आइटिएफ राष्ट्रिय ब्ल्याक बेल्ट कमिटीको आयोजना र बाग्लुङ जिल्ला आइटिएफ तेक्वान्दो सघंको सह–आयेजनामा हुने च्याम्पियनसिप मंसिर १८ गते बाग्लुङ बजारदेखि ९० किमी उत्तरतर्फ बुर्तिबाङमा सञ्चालन हुनेछ ।

त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा पहिलो पटक हुन लागेको प्रोफेसनल प्रतियोगितामा दुई विधामा रहने आयोजक कमिटीका अध्यक्ष घम बहादुर थापा मगरले बताए । नेपाल आइटिएफ तेक्वान्दो महासंघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुषतर्फ स्पेसल फ्री स्पाएरिङ र प्रोफेसनलको ५७ देखि ६४ केजी तौल सुमहमा खेल हुनेछ । च्याम्पियनपसिपमा न्युनतम ब्ल्याक बेल्ट पहिलो डान र राष्ट्रिय प्रतियोगिता खेलि सकेका खेलाडीले मात्र भाग लिन पाउनेछन् । प्रोफेशनल च्याम्पियनसिप खेल्नका लागि पाँच विकास विकास क्षेत्र र दुई विभागिय क्लबबाट छनोट चरण पार गर्नु पर्नेछ ।
एक दिने प्रतियोगितामा मध्यमाञ्चल,पश्चिमाञ्चल,मध्यपश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल,पुर्वाञ्चल विकास क्षेत्र तथा दु्ई विभागिय क्लब नेपाल आर्मी र शसस्त्र प्रहरीको एपीएफ क्लबको सहभागिता रहेनछ । प्रत्येक टिमका तीन खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् । रोयल हिमचूलि इन्टरनेशनल प्रा.ली बसुन्धाराको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा च्याम्पियनले पदकसहित ६ सय डलर,दोस्रोले ३ सय डलर र तेस्रो हुनेले २ सय अमेरिकी डलर प्राप्त गर्नेछन् ।
नेपालको विकट स्थानमा तेक्वान्दो खेल विकास गर्ने उद्देश्यले उक्त स्थानमा दोस्रो पटक प्रतियोगिता आयोजना गरेको दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष एवम् नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले बताए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]