9 years ago
November 27, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – भलिबलमा नयाँ प्रतिभाशाली खेलाडी र उमेर समूहका खेलाडी उत्पादन गर्ने उद्देश्यसहित नेपाल विद्यालय भलिबल कमिसन गठन भएको छ । नेपाल भलिबल संघले रामबहादुर केसीको अध्यक्षतामा १० सदस्यीय कमिसनको तदर्थ समिति गठन गरेको संघले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । अध्यक्ष केसी न्यूटन स्कुलका प्रिन्सिपल हुन् ।

कमिसनको उपाध्यक्षमा न्यू डायमण्ड एकेडेमिका प्रिन्सिपल एवंम प्रशिक्षक कुमार राई र हिमचुली एकेडेमीका निर्देशक युवराज श्रेष्ठ छन् । त्यस्तै सचिवमा हिमरश्मी हाइस्कुलका प्रिन्सिपल लोकेन्द्र खड्का, कोषाध्यक्षमा सेब स्कुलका प्रिन्सिपल युवराज थापा छन् । अरुणदय स्कुलका प्रिन्सिपल भिमसेन केसी, मनास्लु उच्च माविका प्रिन्सिपल भक्त कुमार श्रेष्ठ, ज्ञानसुधा एकेडेमीका प्रिन्सिपल प्रमोद जिसी, टप्स स्कुल पोखराका प्रिन्सिपल रत्न गुरुङ र सेन्ट डेबिस एकेडेमीका खेलुकुद प्रमुख अम्बिका वली कमिसनको सदस्य छन् ।
क्राउन प्लाजामा आयोजित कार्यक्रममा संघका अध्यक्ष मनोरञ्जनरमण शमाले कमिसनका पदाधिकारी र सदस्यलाई सपथ गराएका थिए । संघका उपाध्यक्षत्रय यम गुरुङ ,निरोज मास्के र रञ्जन खड्का , महासचिव जितेन्द्रबहादुर चन्द र सचिव मनवीर छन्त्यालले कमिसनका पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरे । प्रादेशिक संरचना अनुसार कमिसनका पाँच उपाध्यक्ष पछि मनोयन गरिने संघले जनाएको छ ।
कमिसनका अध्यक्ष केसीले संघले दिएको जिम्मेवारीका लागि धन्यवाद दिदै राष्ट्रिय टोलीलाई लक्षित गरि खेलाडी उत्पादन ध्यान दिने बताए । संघले भलिबल कमिसन सञ्चालनका लागि विद्यालय भलिबल कमिशन निर्देशिका र कार्यदिशा तयार पारेको छ । तथर्द समितिले विद्यालयस्तरमा भलिबल खेललाई बृहत रुपमा विस्तार गर्न जिल्ला भलिबल कमिसन गठन गर्ने जनाएको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]