default_image

9 years ago

November 28, 2016

एसियाड र सागका पदक विजेता खेलाडीलाई भत्ता, विष्टलाई मासिक ३०

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदका पदक विजेता र दक्षिण एसियाली खेलकुद (साफ हालको साग) का स्वर्ण पदक विजेता खेलाडीलाई सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भत्ता रकम हस्तान्तरण गर्दा विष्ट सबैभन्दा बढी भत्ता पाउने खेलाडी बनेका छन् ।कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले मासिक ३० हजार रुपैयाँ भत्ता पाएका छन् ।

8

 राखेपले सागमा एकभन्दा बढी स्वर्ण वा एसियालीमा एकभन्दा बढी पदक जित्ने सात खेलाडीलाई मासिक प्रति पदक पाँच हजार रुपियाँ प्रदान गरेको छ । आठौंदेखि ११ औं सागमा स्वर्ण पदक विजेता विष्टले एसियाली खेलकुदमा दुई कास्य पदक जितेका छन् । कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले सागको ३ स्वर्ण वापत मासिक १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । विष्टकी श्रीमती तेक्वान्दो खेलाडी आयशा शाक्य र बक्सिङका चित्रबहादुर गुरुङले सागमा स्वर्ण र एसियाली खेलकुदमा कास्य गरि १० हजार पाएकी छिन् । मासिक १० हजार पाउनेमा सागमै दोहोरो स्वर्ण पदक जित्नेमा फुटबलका राजुकाजी शाक्य, करातेका दीपक श्रेष्ठ, तेक्वान्दोकी संगिना वैद्य छन् ।

राखेपले सागका ८५ स्वर्ण पदक विजेता र एसियाली खेलकुदका ५ पदक विजेतालाई मासिक ५ हजारका दरले चार महिनाको एक मुष्ट २१ लाख ८० हजार प्रदान गरेको हो । स्वदेशमा रहेका पदक विजेतालाई मात्र भत्ता उपलब्ध गराइएको राखेपले जनाएको छ । मृत्यु भइसकेका सागका स्वर्ण पदक विजेता दलबहादुर राना मगर, पुष्करध्वज शाही र पौडी खेलाडी चित्रबहाुदर गुरुङको परिवारलाई मासिक पाँच हजार रुपियाँको दरले २० महिनाको एकमुष्ठ रकम परिवारलाई प्रदान गर्ने निर्णय गरेको राखेप जनाएको छ । युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाली, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र खेलकुद मन्त्रालयका सचिव महेशकुमार दाहालले पदक विजेतालाई रकम हस्तान्तरण गरे । गत साउनदेखि कात्तिक सम्मको भत्ता उपलब्ध गराइएको राखेपले जनाएको छ ।

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जतेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.