default_image

9 years ago

December 3, 2016

१३ औं सागको मिति तोक्ने बैठक एनओसीमा जारी

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मिति तोक्नका लागि दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठक अहिले नेपाल ओलम्पिक कमिटी (एनओसी)मा जारी छ ।

15301174_10155495115088032_1888304851_n

बैठकमा भारत र माल्दिभ्सबाहेक प्रतिनिधिको उपस्थिति रहेको छ । बैठकको उद्घाटन युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले गरेका थिए । नेपालले आयोजनाको जिम्मेवारी पाएको झन्डै १० महिनापछि (एसएओसी) को पहिलो बैठक राजधानीमा हुने भएको छ । भारतमा फागुनको पहिलो साता सम्पन्न १२ औं सागको समापनमा नेपालले अर्को संस्करण आयोजनाका लागि झन्डा ग्रहण गरेको थियो । नेपालले सन् २०१८ मा १३ औं साग आयोजना गर्न सहमति जनाएपनि भौतिक पूर्वाधार निर्माणको काम सुरु भएको छैन । बैठकमा नेपालसहित भुटान, श्रीलंका, पाकिस्तान र बंगलादेशका पदाधिकारीको सहभागिता रहेको छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.