4 years ago
March 20, 2022
धनगढी (हाम्रो खेलकुद)– सुदूरपश्चिम स्पोर्टस अवार्डको यसै महिना आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आइतबार पत्रकार सम्मेलन गर्दै अवार्डको तेस्रो संस्करण चैत २५ गते गते जानकारी दिएको हो ।

अवार्डको तयारी सुरु भइरहेको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले बताए । ‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई आगामी दिनहरूमा देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्दै आएको छ,’ उनले भने, ‘तेस्रो संस्करणलाई थप स्तरीय बनाउनका लागि अहिलेदेखि नै तयारी थालेका छौं ।’
उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने अवार्डका संयोजक तथा खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले बताए। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने पाठकले बताए।
उत्कृष्ट खेलाडी महिला र पुरुषका विजेताले समान ३५ हजार, उत्कृष्ट प्रशिक्षकले ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेताले समन २५ हजार रुपैयाँ प्राप्त गर्ने मञ्चका कोषाध्यक्ष हरि जोशीले बताए । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ।
मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्
‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् पनि जोडिएको छ। अवार्डको मुख्य प्रवद्र्धकको रुपमा खेलकुद परिषद् जोडिएको मञ्चका अध्यक्ष ओझाले बताए। आइतबार अध्यक्ष ओझा र प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहबीच सम्झौता भएको छ ।
सदस्य सचिव सिंहले सरकारी स्तरबाट हुनुपर्ने कार्यक्रम खेलकुद पत्रकार मञ्चले गरेर खेलाडी र प्रशिक्षकको मनोवल बढाउने काम गरेको बताए। ‘तीन वर्षदेखि आयोजना भइरहेको अवार्डले खेलाडी र प्रशिक्षकको मनोवल बढाएको छ,’ सिंहले भने, ‘अवार्डमा जोडिन पाउँदा हामी पनि खुसी छौं।’
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जतेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]