default_image

4 years ago

March 25, 2022

नेपाललाई पहिलो सफलता

334 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले पपुवा न्युगिनीसँगको पहिलो खेलमा नेपाललाई पहिलो सफलता दिलाएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले ५ ओभरमा १ विकेट गुमाउँदै २४ रन बनाएको छ ।


ओपनर टोनी उरा २१ बलमा ३ चौकासहित १९ रनमा अविजित छन् । क्रिजमा असाद भाला छन् । सोमपालले चौथो ओभरको अन्तिम बलमा ओपनर हिरी हिरीलाई विकेटकिपर अनिल शाहबाट ४ रनमा क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाए । लेगा सियाकालाई बेन्चमा राख्दै हिरीलाई ओपनिङ गराएको थियो ।

नेपालले आज तीन परिवर्तन गरेको छ । आसिफ शेखको स्थानमा देव खनाल परेका छन् । युवा ब्याटर देव खनालले आज नेपाली सिनियर टोलीमा डेब्यू गरेका छन् । देवलाई कप्तान सन्दीप लामिछानेले डेब्यू क्याप दिएका हुन् ।

तीव्र गतिका बलर विक्रम सोबको स्थानमा कमलसिंह ऐरीले मौका पाएका छन् । विकेटकिपर विनोद भण्डारीको स्थानमा अनिल शाहलाई मैदान उतारेको छ । नेपालले बेन्चमा गुलशन झा, सुशान भारी, विक्रम सोब र सागर ढकाललाई राखेको छ ।

नेपालको प्लेइङ–११ :

कुशल भुर्तेल, देव खनाल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, अनिल शाह (विकेटकिपर), सोमपाल कामी, कमलसिंह ऐरी, सन्दीप लामिछाने र पवन सरार्फ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.