default_image

4 years ago

May 1, 2022

नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै

251 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले जिम्बावे ए सँगको पहिलो टि२० अभ्यास खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा जिम्बावे ए का कप्तान टिनोटेन्डा मुटोम्बोड्जीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । घरेलु टोली नेपाल टेस्ट टोली जिम्बावे ए लाई हराउने सोचमा हुनेछ ।

नेपालले वर्षाको कारणनै एकदिवसियलाई पछि सारेर टि२० अघि गर्न लागेको हो । नेपाल घरेलु मैदान, समर्थक र पछिल्लो लयलाई निरन्तरता दिँदै टेस्ट टोली जिम्बावे ए लाई हराउने सोचमा छ । तर सिनियर टोलीबाट खेलि सकेका ८ खेलाडी सम्मिलित जिम्बावेको ए टोलीलाई हराउन सहज भने हुने छैन । जिम्बावे पनि नेपाललाई घरेलु समर्थक सामू स्तब्ध पार्न चाहन्छ ।

अघिल्लो महिना सानदार प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरी र रोहित कुमार पौडेलको असली परिक्षा हुनेछ । नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् । दुबै ओपनरले टि२० मा राम्रो प्रदर्शन गर्दै आएका छन् ।

२७ वर्षीय ल्यूक जोंगवे नेपाल आउने जिम्बावेका सवैभन्दा ठूला नाम हुन् । उनले १ टेस्ट, २८ ओडिआई र २२ टि२० आई खेल खेलेका छन् । गतवर्ष अप्रिलमा जिम्बावेले पाकिस्तानलाई दोस्रो टि२० खेलमा १९ रनले हराउँदा उनले ३.५ ओभरमा १८ रन खर्चेर ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । दोस्रो र तेस्रो खेलमा वर्तमान समयका उत्कृष्ट ब्याटर बाबर आजमलाई आउट गरेका थिए ।

उनले २०१६ मा ५.१ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ५ विकेट लिएपछि अफगानिस्तान ओडिआई खेलमा ५८ रनमा अल आउट भएको थियो । २९ वर्षीय न्याउची भिक्टरले जिम्बावेबाट ६ टेस्ट खेल्दै १५ विकेट लिएका छन् । उनी तीव्र गति र योर्करका लागि चिनिन्छन् । यी दुई बलरको सामना गर्न नेपाललाई सहज भने हुने छैन ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.