4 years ago
May 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावे ए र नेपालसँगको दोस्रो टि२० अभ्यास खेल वर्षाको कारण रोकिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन बनाएको छ ।

जिम्बावेका कड्जाइ मउन्जे १३ बलमा ५ चौका २२ रनमा अविजित छन् । उलाई रोय कैयाले १ रनबाट साथ दिनेछन् । तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको दोस्रो ओपनर इनोसेन्ट कैयालाई फष्ट स्लिपमा कुशल भुर्तेलबाट शून्यमा क्याच गराए ।
करण केसीको पाँचौं ओभरको दोस्रो बलमा तडिवानाशे मारुमानी दीपेन्द्रसिंह ऐरीबाट २१ रनमा क्याच भए । उनले ११ बलमा १ चौका र २ छक्का प्रहार गरे । कभरले पिच ढाकिएको छ । टियुमा भारी वर्षा भएको छ । खेल सुरु हुन केहि समय लाग्नेछ । वर्षा लामो समय सम्म खपेको खण्डमा भने खेल नुहुने सम्भावना धेरै देखिन्छ ।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछान (कप्तान), आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अभिनाश बोहरा र बसिर अहमद ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]