default_image

4 years ago

May 19, 2022

नेपालविरुद्ध युगान्डाको राम्रो ब्याटिङ

408 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युगान्डाले तेस्रो महिला टि२० आई खेलमा नेपालले प्रस्तुत गरेको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा राम्रो ब्याटिङ सुरुवात गरेको छ ।

जितको लागि १ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको युगान्डाले ८.३ ओभरमा १ विकेट गुमाउँदै ४७ रन बनाएको छ । युगान्डाकी केभिन एविनो २१ बलमा ४ चौकासहित २१ रनमा अविजित छिन् । जेनेत म्बावाजी २३ बलमा १ चौका र १ छक्कासहित १५ रनमा अविजित छिन् ।

तीव्र गतिकी बलर कविता कँवरले तेस्रो ओभरको पहिलो बलमा ओपनर लियोना बबिरेलाई ५ रनमा ज्योति पाण्डेबाट क्याच गराइन् । तर दोस्रो विकेटका लागि म्बावाजी र एविनोले ३६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका हुन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो । नेपालकी ओपनर ज्योति पाण्डे ५४ बलमा ५ चौकासहित ४७ रनमा बोल्ड भइन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.