default_image

4 years ago

May 23, 2022

आइपिएलमा मुम्बई र रोहितको इतिहासकै खराब प्रदर्शन

247 views

0 Bookmark

एजेन्सी – पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा आफ्नो इतिहासकै खराब प्रदर्शन गर्दै बाहिरियो । मुम्बईमात्र होईन कप्तान रोहित शर्माले पनि आइपिएल करिअरकै खराब प्रदर्शन गरे ।

मुम्बई १४ खेलमा १० मा हार र ४ मा जितका साथ ८ अंकका साथ पुछारमा रहेर बाहिरियो । मुम्बई पहिलो पटक पुछारमा रहेर बाहिरिएको हो । यसअघि मुम्बई २००९ मा सातौं स्थानमा रहँदै बाहिरिएको थियो । त्यसपछि मुम्बई पाँचौं स्थान भन्दा तल खस्किएको थिएन । मुम्बई २०१३, २०१५, २०१७, २०१९ र २०२० को च्याम्पियन टोली हो ।

रोहितले यस सिजमा १४ खेलमा २ सय ६८ रन मात्र बनाए । जुन करिअरको खराब प्रदर्शन थियो । यस सिजनमा रोहितको उच्च प्रदर्शन ४८ रन थियो । रोहित पहिलो पटक एक सिजनमा अर्धशतक विहीन बने । २००८ देखिनै आइपिएल खेल्दै आएका रोहितको यसअघि खराब प्रदर्शन २०१८ मा थियो ।

२०१८ मा रोहितले १४ खेलमा २ सय ८६ रन बनाएका थिए । जसक्रममा रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध ९४ रनको इनिङ खेलेका थिए । त्यस बाहेक सिजनमा रोहितको ३ सय भन्दा कम रन बनाएका छैनन् । रोहितले २०१३ मा १९ खेलमा ४ अर्धशतक सहित ५ सय ३८ रन बनाएका थिए ।

आइपिएलमा लिगका खेलहरु सकि सकेका छन् । पहिलो क्वालिफायरमा शीर्षस्थानको गुजरात टाइटन्स र दोस्रो स्थानको राजस्थान रोयल्सबीच मंगलबार इडेन गार्डेन कोलकातामा खेल हुनेछ । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न पाउनेछ ।

बुधबार तेस्रो स्थानको लखनऊ सुपर जायन्ट्स र चौथो स्थानको बेंगलोरबीच प्रतिस्पर्धा हुनेछ । शुक्रबार दोस्रो क्वालिफायर हुनेछ । आइतबार अहमदाबादमा फाइनल हुनेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.