4 years ago
May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – धरानका व्यवसायिक गल्फर शुक्रबहादुर राईले सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

गोकर्ण गल्फ क्लबमा बिहीबार भएको अन्तिम दिन शुक्रले ३–अन्डर ६९ को स्कोरसहित समग्रमा १९–अन्डर २ सय ६९ को सानदार नतिजामा च्याम्पियन बन्न सफल भएका हुन् । करियरकै उत्कृष्ट स्कोर निकालेका शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले हराउँदै करियरको सातौ उपाधि हात पारे । च्याम्पियन बनेसँगै शुक्र पहिलोपटक नेपाल नम्बर एक गल्फर बनेका छन् । उनले यो सिजनको कुल आठ मध्ये पाँच प्रतियोगिता मात्रै खेलेपनि सर्वाधिक ६ लाख ६३ हजार ५०० नगद पुरस्कारसहित नम्बर एक बनेका हुन् ।
२–ओभर ७४ सहित समग्रमा १३–अन्डर २ सय ७५ सहित निरज दोस्रो भए । समग्रमा १२–अन्डर २ सय ७६ सहित तेस्रो भएका भुवनले नम्बर एक गल्फरको स्थान गुमाए । उनले अन्तिम दिन २–अन्डर ७० स्कोर जोडे। यो सिजन कुल ५ लाख ८० हजार ५ सय नगद पुरस्कारसहित भुवन दोस्रो वरीयतामा झरे ।

एमेच्योर वाङ्गचेन ढोन्डुपले १–ओभर ७३ सहित समग्रमा ११–अन्डर २ सय ७७ सहित एमेच्योरतर्फ उपाधि जिते । समग्रमा भने उनी चौथो भए । अर्का एमेच्योर महेन्द्र फगामी समग्रमा १०–अन्डर २ सय ७८ सहित एमेच्योरतर्फ दोस्रो भए । उनले अन्तिम दिन ३–अन्डर ६९ को स्कोर गरे । समग्रमा भने उनी पाँचौ भए ।
एमेच्योरतर्फ एकक्षत्र राज गरिरहेको सुबास तामाङले समग्रमा ७–अन्डर २ सय ८१ सहित पुर्ण बहादुर शर्मासँग संयुक्तरुपमा छैटौं स्थानमा रहे । सुवासले ५–अन्डर ६७ र पुर्णले इभन–पार ७२ मा खेल सकाए । समग्र उपाधिका दाबेदार मानिएका उनको प्रदर्शन बिर्स्नालायक रहयो ।
इभन–पार ७२ सहितसमग्रमा ५–अन्डर २ सय ८३ सहित एमेच्योर आरव डी शाहले आठौं स्थानमा प्रतियोगिता सकाए । भुवन कुमार रोक्का र रबि खड्काले समग्रमा ३–अन्डर २ सय ८५ सहित संयुक्तरुपमा नवौ स्थान बाँडे । अन्तिम दिन भुवनले २ ओभर ७४ र रबिले १–ओभर ७३ मा खेल सकाए । एमेच्योर सद्भाव आचार्य समग्रमा २–अन्डर २ सय ८६ सहित एघारौं र समग्रमा इभन–पार २ सय ८८ सहित सुर्य प्रसाद शर्मा १२औं स्थानमा रहे । पाँच ओभर २ सय ९३ सहित व्यवसायिकतर्फ १५औं भएका जयराम श्रेष्ठले ४ लाख ७५ हजार ५ सयसहित आगामी सिजनको सुरुवात तेस्रो वरीयतामा रहेर गर्नेछन् ।

च्याम्पियन शुक्रले पहिलो होलमा बोगी खेपे पनि तेस्रो र सातौ होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए । यसपछि ११औं, १२औं र १८औं होलमा एक-एक सट बचाउँदा १४औं होलमा बोगी प्रहार गर्दा ब्याक नाइन २–अन्डर ३४ मा पुरा गरे । दोस्रो भएका निरजले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौ होलमा बर्डी प्रहार गरे भने चौथो र पाँचौ होलमा एक–एक सट खेर फाले । यसपछि १४औं र १५औं होलको बोगीले ब्याक नाइन २–ओभर ३८ मा सकाए ।
सुर्य नेपाल टुरमा लामो समय सहयोग गर्ने रामजी राजवाहक, रमेश नगरकोटी र समिर तामाङलाई कदर पत्र सहित सम्मान गरियो । चार दिने प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योर सहित ५४ खेलाडीको सहभागिता रहेको थियो । सुर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघद्वारा आयोजित प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख ६१ हजार रहेको थियो । विजेताले दुई लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ५५ हजार र १ लाख १० हजार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीपरा लहेरी, नेपाल प्रोफेसनल गल्फर्स संघका अध्यक्ष रबिन्द्र मान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कृत गरे । शीर्ष २१ स्थानमा रहेका अन्यले नगद पुुरस्कार हात पारे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]