default_image

2 years ago

June 3, 2022

नेपाली अल स्टार्सविरुद्ध आरिफको अर्धशतक

152 views

0 Bookmark

ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका ब्याटर आरिफ शेखले पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्सविरुद्ध अर्धशतक पूरा गरेका छन् । अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४४ ओभरमा ८ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको छ ।


आरिफ शेख ७० बलमा ४ चौका र १ छक्कासहित ५४ रनमा अविजित छन् । आरिफले ६६ बलमा अर्धशतक पूरा गरेका थिए । करण केसीले १७ बलमा २ छक्का र १ चौकासहित कुल २१ रन जोडे । खराब सुरुवात गरेपनि पाँचौं विकेटका लागि आरिफ र विनोद भण्डारीले ४७ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाएका थिए ।

ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर मोहम्मद इलायसको पहिलो ओभरको पहिलो बलमै विकेटकिपर एन्ड्रिज गसबाट आउट भए । आसिफ तेस्रो ओभरको तेस्रो बलमा चोटका कारण १ रनमा रिटायर्ट हुन पुगे । रोहित आदिल भाटीको आठौं ओभरको चौथो बलमा विकेटकिपरबाट क्याच हुँदा नेपाल ३१–२ को अवस्थामा पुगेको थियो । रोहितले २३ बलमा २ चौकासहित १६ रन बनाए ।

बेन्चमा रहेका सुनिल धमला आदिल भाटीको बलमा ४ रनमा एलबीडब्लू आउट भए । आसिफ रिटार्य भएपछि धमला ब्याटिङमा आएका थिए । देव खनाल स्पिनर हम्रित सिंहको १९ औं ओभरको तेस्रो बलमा एज लागेर फस्ट स्लिपमा आउट भए । देवले ५६ बलमा १ चौका सहित २० रन जोडे । विनोद स्पिनर मार्टिन कैनको ३२ औं ओभरको पाँचौं बलमा एक्स्ट्रा कभरमा ५१ बलमा ३ चौकासहित २६ रनमा पृथु बास्कोटाबाट क्याच आउट भए ।

सोमपाल कामी कैनको ३५ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्नेक्रममा २० बल खेल्दै २ रनमा क्याच आउट भए । कैनले आदिललाई ९ रनमा विकेटकिपरबाट क्याच गराउँदा नेपाल ३८.३ ओभरमा १३५–७ को अवस्थामा पुगेको थियो ।


त्यसपछि करण केसीले आक्रामक ब्याटिङ गरेका थिए । तर धेरै समय क्रिजमा बिताउन भने पाएनन् । करण मोहम्मद इलयासको ४२ औं ओभरको चौथो बलमा उपरकट सट खेल्नेक्रममा विकेटकिपरबाट क्याच आउट भए ।

May 15, 2024

लखनऊ विरुद्ध दिल्लीको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । […]

May 14, 2024

दीपेन्द्रको विष्फोटक ब्याटिङमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको विष्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित हासिल गरेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो । घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ […]

May 14, 2024

नेपाललाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा विशाल लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सत्य ९६ रन बनाएपछि नेपालले १ सय ९७ रनको लक्ष्य पाएको हो । नेपालको विश्वकप […]

Success

Thank you for your time.