4 years ago
June 11, 2022
ह्युस्टन, अमेरिका (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध नेपाललाई पहिलो झड्का लागेको छ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १२ ओभरमा १ विकेट गुमाउँदै ५६ रन बनाएको छ ।

पहिलो विकेटका लागि चोटबाट फर्किएका दुबै ओपनर आसिफ शेख र कुशल भुर्तेलले ११.५ ओभरमा ५६ रनको अर्धशतकीय साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए ।
नेपालका आसिफ शेख ३६ बलमा ४ चौकासहित ३१ रनमा अविजित छन् । उनलाई देव खनालले साथ दिनेछन् । कुशल भुर्तेल ३६ बलमा १९ रनमा बोल्ड भए । निसर्ग पटेलको बलमा कुशल स्वीप सट खेल्ने धुनमा मिस हुँदा बोल्ड आउट हुन पुगे ।

नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । विकेटकिपर विनोद भण्डारी, सुवास खकुरेल र सुनिल धमला बेन्चमा रहेका छन् । नेपालका पहिलो रोजाईका आसिफ शेख, कुशल भुर्तेल र आदिल अन्सारीलाई मौका दिएका छन् ।
आदिल अन्सारीको यो ओडिआईमा डेब्यू खेल हो । टि२० आईमा विष्फोटक क्षमता राख्ने आदिललाई नेपालले फिनिसरमा खेलाउने छ ।
नेपालको प्लेइङ ११ :
कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र सुशान भारी ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]