default_image

3 years ago

July 6, 2022

सन्दीपले जमैकाबाट सिपिएल खेल्ने

233 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सिपिएल) २०२२ जमैका तलावाजबाट खेल्ने भएका छन् ।

जमैकाले आफ्नो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । सन्दीपसँगै पाकिस्तानका इमाद वासिम, मोहम्मद आमिर, अष्ट्रेलिया क्रिस गिन र दक्षिण अफ्रिका मिगेल प्रिटोरियसलाई टोलीमा राखेको छ । इमाद, ग्रिन र प्रिटोरियस २०२१ मा जमैकाको टोलीमा थिए ।

सिपिएल अगष्ट ३१ देखि सेप्टेम्बर ३० सम्म चल्नेछ । सन्दीपले २०१८ देखि २०२० सम्मको तीन सिजनमा जमैका, बार्बाडोस र सेन्ट किट्स एण्ड नर्भिसबाट २२ खेलमा २७ विकेट लिएका छन् । सन्दीपले २०२० को संस्करणमा जमैकाबाट खेल्दै सानदार प्रदर्शन गरेका थिए ।

उक्त सिजनमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए । अफगानिस्तानका मुजिब उर रहमान र सन्दीपको जोडी जमेको थियो । रहमानले १६ विकेट लिएका थिए । २०२१ को सिजन भने खेलेका थिएनन् ।

सन्दीपलाई मंगलबार श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग (एलपिएल) ५० लाख नेपाली रुपैयाँमा डाम्बुल्ला जायन्ट्समा अनुबन्ध भएका थिए । तेस्रो संस्करणको एलपिएल २०२२ जुलाई ३१ जुलाई देखि २१ अगष्ट सम्म श्रीलंकामा हुनेछ । एलपिएलमा पाँच टोली छन् ।

सन्दीप हाल क्यानाडामा छन् । नेपालले त्यहाँ आज अन्तिम खेल खेलेर आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल खेल १७ जुलाईमा सकिनेछ । त्यसपछि सन्दीप नेपाल फर्केर केहि दिनमा श्रीलंका जाने छन् । त्यसपछि नेपालको खेल नभएको खण्डमा सन्दीप सिपिएल खेल्न वेस्टइन्डिज जानेछन् ।

नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२ ) सम्म आयोजना हुने भएको छ । प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउन्ड रोबिनको आधारमा हुनेछ । नेपाल टि२० लिग समयमै भएमा सन्दीपले सिपिएल भने गुमाउनु पर्ने हुन्छ ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.