3 years ago
July 6, 2022
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सिपिएल) २०२२ जमैका तलावाजबाट खेल्ने भएका छन् ।
जमैकाले आफ्नो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । सन्दीपसँगै पाकिस्तानका इमाद वासिम, मोहम्मद आमिर, अष्ट्रेलिया क्रिस गिन र दक्षिण अफ्रिका मिगेल प्रिटोरियसलाई टोलीमा राखेको छ । इमाद, ग्रिन र प्रिटोरियस २०२१ मा जमैकाको टोलीमा थिए ।
सिपिएल अगष्ट ३१ देखि सेप्टेम्बर ३० सम्म चल्नेछ । सन्दीपले २०१८ देखि २०२० सम्मको तीन सिजनमा जमैका, बार्बाडोस र सेन्ट किट्स एण्ड नर्भिसबाट २२ खेलमा २७ विकेट लिएका छन् । सन्दीपले २०२० को संस्करणमा जमैकाबाट खेल्दै सानदार प्रदर्शन गरेका थिए ।
उक्त सिजनमा सन्दीपले ११ खेलमा १२ विकेट लिएका थिए । अफगानिस्तानका मुजिब उर रहमान र सन्दीपको जोडी जमेको थियो । रहमानले १६ विकेट लिएका थिए । २०२१ को सिजन भने खेलेका थिएनन् ।
सन्दीपलाई मंगलबार श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग (एलपिएल) ५० लाख नेपाली रुपैयाँमा डाम्बुल्ला जायन्ट्समा अनुबन्ध भएका थिए । तेस्रो संस्करणको एलपिएल २०२२ जुलाई ३१ जुलाई देखि २१ अगष्ट सम्म श्रीलंकामा हुनेछ । एलपिएलमा पाँच टोली छन् ।
सन्दीप हाल क्यानाडामा छन् । नेपालले त्यहाँ आज अन्तिम खेल खेलेर आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल खेल १७ जुलाईमा सकिनेछ । त्यसपछि सन्दीप नेपाल फर्केर केहि दिनमा श्रीलंका जाने छन् । त्यसपछि नेपालको खेल नभएको खण्डमा सन्दीप सिपिएल खेल्न वेस्टइन्डिज जानेछन् ।
नेपाल टि२० लिग आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२ ) सम्म आयोजना हुने भएको छ । प्रतियोगिता होम तथा अवेका रुपमा गरि डबल राउन्ड रोबिनको आधारमा हुनेछ । नेपाल टि२० लिग समयमै भएमा सन्दीपले सिपिएल भने गुमाउनु पर्ने हुन्छ ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा पुलिसले मधेशलाई २ सय ८९ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४९.५ ओभरमा २ सय ८८ रनको योगफलमा समेटियो […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले आर्मीलाई २ सय ३१ रनको लक्ष्य दिएका हुन् । टस जितेर पहिले ब्याटिङ गरेको कोशी ४९.३ ओभरमा २ सय ३० रनको योगफलमा समेटियो । कोशीका […]
March 15, 2025
एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]