default_image

3 years ago

July 17, 2022

नेपालको सुस्त सुरुवात

309 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोेली स्कटल्यान्डविरुद्ध सुस्त सुरुवात गरेको छ । टिटवुड ग्लासगोमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १० ओभरमा १ विकेट गुमाउँदै २८ रन बनाएको छ ।

नेपालका आसिफ शेख २९ बलमा ४ चौकासहित १९ रनमा अविजित छन् । देव खनाल १५ बलमा ६ रनमा अविजित छन् । आसिफले दशौं ओभरमा गेभिन मेनलाई तीन चौका प्रहार गर्दै कुल १२ रन जोडे । त्यसअघि ९ ओभरमा १६ रन मात्र बनाएको थियो ।

ओपनर कुशल भुर्तेल पुन खराब प्रदर्शन गर्दै आउट भए । कुशल स्पिनर मार्क वाट्टको छैटौं ओभरको दोस्रो बलमा १६ बल खेल्दै ३ रनमा क्याच आउट भए ।

नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । आदिल अन्सारी, पवन सरार्फ र बसिर अहमदलाई बेन्चमा राख्दा किशोर महतो, करण केसी र विनोद भण्डारीलाई मौका दिएको छ । किशोरको यो डेब्यू हो ।

सम्भावित प्लेईङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र किशोर महतो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.