default_image

3 years ago

July 17, 2022

नेपालको खराब ब्याटिङ

462 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोेली स्कटल्यान्डविरुद्ध खराब ब्याटिङ गरेको छ । टिटवुड ग्लासगोमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २१ ओभरमा ५ विकेट गुमाउँदै ७२ रन बनाएको छ ।


नेपालका दीपेन्द्रसिंह ऐरी ३ रनमा क्रिजमा छन् । उनलाई विनोद भण्डारीले साथ दिनेछन् । ओपनर आसिफ शेख ५८ बलमा ६ चौकासहित ४० रनमा क्याच आउट भए । आसिफ स्पिनर मार्क वाट्टको १९ औं ओभरको तेस्रो बलमा विकेटकिपर म्याथ्यु क्रसबाट क्याच भए । तर अम्पायरको निर्णयमा भने आसिफ सन्तुष्ट थिएनन् । उनले एज नलागेको संकेत दिएका थिए ।

ओपनर कुशल भुर्तेल पुन खराब प्रदर्शन गर्दै आउट भए । कुशल स्पिनर मार्क वाट्टको छैटौं ओभरको दोस्रो बलमा १६ बल खेल्दै ३ रनमा क्याच आउट भए ।

देव खनाल गेभिन मेनको बलमा १० रनमा क्याच आउट भए । रोहित पौडेल २० औं ओभरको पाँचौं बलमा फस्ट स्लिपमा कलुम म्याकलेओडबाट १० रनमा क्याच भए । रोहितले १६ बलमा १ चौका प्रहार गरे ।

मार्क वाट्ले नै आरिफ शेखलाई २१ औं ओभरको तेस्रो बलमा कलुमबाट शून्यमा क्याच गराएपछि नेपाल संकटमा परेको छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.