3 years ago
August 10, 2022
काठमाडौं (हाम्रो खेलकुद)– महिला राष्ट्रिय टोली फरवार्ड सावित्रा भण्डारी सम्बाले भारतको केरेला महिला लिगको पहिलो खेलमै गोलको वर्षा गरेकी छन् ।
गोकुलम केरेला एफसीबाट खेल्दै सावित्राले केरेला एफसीविरुद्ध ह्याट्रिक पूरा गरेकी हुन् । २७ मिनेट भित्र ह्याट्रिक पूरा गरेकी सावित्रा ४ गोल गरिन् । केरेलाविरुद्ध गोकुलमले पहिलो हाफमै ६–० को अग्रता लिएको छ । सावित्राले पहिलो, तेस्रो र चौथो, पाँचौं गोल गरेकी थिइन् । कप्तान कश्मिना र रेश्माले समान १ गोल गरे ।
तेस्रो मिनेटमा गोलको खाता खोलेकी सावित्राले छैटौं मिनेट व्यक्तिगत दोस्रो र २७ औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् । उनले व्यक्तिगत चौथो गोल ३५ औं मिनेटमा गरेकी थिइन् ।
गोकुलम केरेला लिगसँगै महिला आइ लिग च्याम्पियन पनि हो । अर्को महिना गोकुलमले एएफसी क्लब च्याम्प्यिनसिप खेल्ने छ । त्यसैका लागि सावित्रा गत साता भारत गएकी थिइन् । दुई वर्ष अघि पनि गोलकुलमबाट खेल्दै टोलीलाई आइ लिग च्याम्पियन बनाएकी थिइन् । उनले त्यति बेला १६ गोल गरेकी थिइन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]