9 years ago
December 20, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका नम्बर एक व्यवसायिक खेलाडी शिवराम श्रेष्ठले धरानमा जारी सूर्य नेपाल इस्टर्न ओपनमा दोस्रो दिन ४ स्ट्रोकको अग्रता लिएका छन् । दोस्रो दिन मंगलबार १ ओभर ७१ को प्रदर्शन गरेका शिवरामले समग्रमा २ अन्डर १ सय ३८ को स्कोर बनाएका छन् ।

निर्भाना कन्ट्री क्लबमा जारी सूर्य नेपाल गल्फ टुर २०१६(१७ को पहिलो प्रतियोगितामा पहिलो दिन संयुक्त रुपमा शीर्षस्थानमा रहेका सञ्जय लामाले दास्रो दिन खराब प्रदर्शन गरे । उनले मंगलबार ५ ओभर ७५ को कार्ड बनाए । समग्रमा उनको प्रदर्शन २ ओभर १ सय ४२ स्कोर रह्यो ।
रवि खड्का, भुवन नगरकोटी र धनबहादुर थापा ३ ओभर १ सय ४३ स्कोरका साथ संयुक्त रुपमा तेस्रो स्थानमा रहे । दोस्रो दिन रविनले इभन पार ७०, भुवनले १ ओभर ७१ र धनले ३ ओभर ७३ को प्रदर्शन गरेका थिए । ४ ओभर १ सय ४४ को कार्ड बनाएका धरानका एमेच्योरद्धय शिवकुमार माझी र शुक्रबहादुर राई संयुक्त रुपमा छैटौं स्थानमा छन् । शुक्रले १ अन्डर ६९ र शिवकुमारले २ ओभर ७२ को कार्ड बनाएका थिए ।
सूर्य प्रसाद शर्मा र एमेच्योर टंकबहादुर कार्की ६ ओभर १ सय ४६ स्कोरका साथ संयुक्त रुपमा आठौं स्थानमा छन् । दोस्रो दिन सूर्यले १ ओभर ७१ र टंकले ३ अन्डर ६७ को कार्ड बनाए । धरानका व्यवसायिक गल्फर बलबहादुर राई र सविन सापकोटा शीर्ष १० मा पर्न सफल भए । उनीहरुले ७ ओभर १ सय ४७ को कार्ड बनाएका छन् । दोस्रो दिन बलबहादुरले ३ ओभर ७३ र सविनले ४ ओभर ७४ को कार्ड बनाए ।
६ एमेच्योरसहित २७ खेलाडी कट बनाउन सफल भए । मंगलबार १८ होलमा ती २७ जनाबीच अन्तिम चरणको प्रतिस्पर्धा हुनेछ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपाल प्रालीको प्रायोजनमा जारी प्रतियोगितामा ३१ व्यवसायिक र २५ एमेच्योरसहित ५६ जनाको सहभागिता रहेको छ । ६ लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख १० हजार, दोस्राले ७० हजार र तेस्रोले ५० हजार रुपैयाँ पाउनेछन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]