3 years ago
September 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको बुधबार जारी नवौं चुनावी साधारण सभामा १ सय ३१ मतदातामध्ये ३ जनाबाहेक सबैले मतदान गरेका छन् । १० पदाधिकारी निर्विरोध निर्वाचित भएपछि सुरु भएको मतदानमा १ सय २८ जनाले मतदान गरेका छन् । मत गणना केहि समयमा सुरु हुने बताइएको छ ।

संघका पूर्व अध्यक्ष दानबहादुर तामाङ, निर्वतमान उपाध्यक्षद्वय एनबहादुर शाही र कुमारराज सुवेदीले भने मतदान गरेनन् । दक्षिण अफ्रिकाका राजदुत समेत रहेका तामाङ केहि दिन अघि त्यसतर्फ गएका थिए । संघको अध्यक्ष र महासचिवसँगै उपाध्यक्ष (बागमती), कोषाध्यक्ष र सचिव (लुम्बिनी र प्रदेश १) मा २–२ जनाबीच प्रतिस्पर्धा छ । ११ सदस्य पदका लागि २२ जनाले प्रतिस्पर्धा गरेका छन् । ५ उपाध्यक्ष र ५ सचिव भने निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्ष पदका लागि निर्वतमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र बहादुर चन्दबीच प्रतिस्पर्धा भएको छ । महासचिव पदका लागि रोशन कुमार श्रेष्ठ र मनवीर छन्त्याल तथा कोषाध्यक्षमा श्याम कृष्ण श्रेष्ठ र रिता कोइरालाबीच प्रतिस्पर्धा भएको छ । उपाध्यक्षमा बागमती र कर्णाली बाहेक प्रदेश बाहेक अन्य ५ प्रदेशबाट निर्विरोध निर्वाचित भएका छन् ।
याम बहादुर गुरुङ (गण्डकी), उपेन्द्र कुमार यादव (मधेश प्रदेश), हर्क सिंह धामी (सुदूरपश्चिम), मदन खड्का (प्रदेश १) र भिम ओली (लुम्बिनी) बाट उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भए । बागमती प्रदेशबाट उपाध्यक्षमा गौतम प्रसाद लासिवा र ज्योति केसीबीच प्रतिस्पर्धा भएको छ । उपाध्यक्षमा निर्विरोध भएको भनिएका भरतबहादुर शाह कर्णालीको नभएका कारण उम्मेदवारी अन्तिम समयमा बदर भएको छ । उपाध्यक्ष (कर्णाली) पद अहिलेलाई रिक्त रहने बताइएको छ ।
सचिवमा सोम बहादुर श्रेष्ठ (मंगल) (कर्णाली), महम्मद फिरोज (मधेश), श्रीधर शर्मा (गण्डकी), गणेश सिंह ठगुन्ना (सुदूर) र सुनकेशरी माली (बागमती) प्रदेशबाट निर्विरोध निर्वाचित भएका छन् । झक बहादुर मिदुन र दीपक जिएमबीच लुम्बिनी प्रदेश तथा विनोद सुवेदी र विश्वराज धिमालबीच प्रदेश १ को तर्फबाट सचिव पदलाई प्रतिस्पर्धामा छन् । बागमतीका श्रीराम बोगटीले उम्मेदवारी फिर्ता लिएपछि माली निर्विरोध चुनिइन् ।
११ सदस्यको लागि सदस्यमा २२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा राज बहादुर खड्का, कुमार राई, दीपक लामा, राज कुमार गुरुङ, अन्जु श्रेष्ठ, ईश्वर बहादुर शाही, बाँच बहादुर रावत, छल कुमारी छन्त्याल, जुनु पुन मगर छन् ।
त्यस्तै दिनेश श्रेष्ठ, गंगा थापा श्रेष्ठ, जितेन्द्र श्रेष्ठ, रामा शंकर चौधरी, चन्द्र वदना राई, अशोक काजी थापा, सुदर्शन जमरकट्टेल, राम बहादुर खड्का, जय कुमार श्रेष्ठ, थर्क कुमार चोमवाङ, योगेन्द्र सुवेदी, श्याम कुमार आचार्य र प्रणिण श्रेष्ठले पनि सदस्यमा प्रतिस्पर्धा गरेका छन् । चुँडा कुमारी खड्का र राजेश कार्कीले सदस्य पदबाट उम्मेदवारी फिर्ता लिए ।
संघको विधान अनुसार निवर्तमान अध्यक्ष नयाँ कार्यसमितिमा पदेन सदस्य रहने व्यवस्था छ । त्यस्तै २ उपाध्यक्ष कार्यसमितिले मनोनित गर्नेछ । ४१ सदस्यीय कार्यसमितिमा १ अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, ७ सचिव र ११ सदस्य गरी २८ जना निर्वाचित हुनेछन् । बाँकी १३ मध्ये १२ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ ।
१ जना पूर्व अध्यक्ष पदेन सदस्यका रुपमा रहनेछन् । निर्वाचनमा १ सय ३६ जना मतदाता रहेपनि यसपल्ट भने १ सय ३१ जनाले मात्र मतदान गर्न पाउनेछन् । ७७ वटै जिल्लाबाट ७७ जना, सात प्रदेशबाट १४ जना, हालको केन्द्रीय कार्यसमितिबाट ३९ जना रहेपनि तीन जना राखेपका कर्मचारी रहेकाले मत हाल्न पाएनन् ।
रेफ्री कमिसनबाट १ र राष्ट्रिय खेलाडी (पुरुष र महिला) र तीन सिभिल क्लब (ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र, न्यू डायमण्ड युथ स्पोर्टस क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र) ले संघको निर्वाचनमा मताधिकार पाएका छन् । विवादका कारण बागमती प्रदेशले मताधिकार गुमाएको छ ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 18, 2025
काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]