3 years ago
October 12, 2022
विजय नेपाली, पोखरा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङमा खेलाडीले लगाएको पदक फिर्ता लगिएको छ । बुधबार साँझ भएको ईपि इभेन्टका विजेतालाई प्रदान गर्ने पदक नभएपछि दिउँसो भएको इभेन्टका विजेताबाट पदक फिर्ता मागिएको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज फेन्सिङ आयोजना भइरहेको खेलस्थलमा आएपछि त्यसअघि नै विजेता खेलाडीहरुलाई प्रदान गरिएको मेडल फिर्ता मागेर लगियो । उक्त इभेन्ट सकिएपछि मन्त्री गहतराजले विजेतालाई मागेर लागेको मेडल वितरण गरेका थिए ।
आफूले लगाएको पदक मागेपछि फुकालेर दिएका विजेता खेलाडीले मेडल माग्दा आश्चर्यमा परेको बताए । ‘मेडल त फिर्ता दिन्छु भनिएको छ । मेडल नपुगेपछि हाम्रो मेडल दिएका हौं । ठिकै छ फोटो खिचीहाल्यो’ उनले भने, ‘खै किन हो यस्तो भएको ? यो आयोजकको कमजोरी नै हो । हिजो एक जना खेलाडी विरामी थियो उसलाई पनि १ घण्टा पछी बल्ल एम्बुलेन्सले लग्यो ।’
प्रतियोगितामा आवश्यक तयारी खासै नदेखिएको उनले दुखेसो पोखे । उनले थोरै खेल हुँदा त भद्रगोल देखिएको २८ गतेबाट त झन भद्रगोल हुने चिन्ता व्यक्त गरे । ‘हामी त भाग्यमानी हौं । अहिले यो मात्रै खेल भएकाले सबैले हेरेका छन् । सबै खेल भयो भने के होला ?,’ उनले भने ।

आफूले जितेको मेडल लगाएर घाटी गह्रुङ्गो बनाउने चाहना भएपनि आयोजकको कारण त्यो पुरा नभएको उनले सुनाए । ‘आज आफूले जितेको पदक लगाएर घाँटी गह्रुङ्गो बनाउँ भनेको कुर्नुपर्ने भयो । हाम्रो गलामा सजिएको मेडल माग्न कत्तिपनि लाज मानेनन् । मेडल मागेर किन देखावटी रुपमा लगाइदिनुपर्छ हो ? अर्को मेडल आएपछि दिएको भए भइहाल्थ्यो त,’ उनले प्रतिप्रश्न गरे ।
यता फेन्सिङ संघले भने आफ्ना कमजोरीलाई ढाक्ने प्रयास गरेको छ । नेपाल फेन्सिङ महासंघका महासचिव सुजन लाल श्रेष्ठले खेलाडीसँग मेडल नमागेको बताए । खेलाडीलाई धमाधम मेडल मागेर मन्त्रीको अघि ल्याइएको मेडललाई उनले राखेपबाटै मेडल आएको दावी गरे ।
‘सुरुमा मेडल नआएकै हो । हामीले सबै इभेन्ट सकेपछि दिने योजना बनाएका थियौं । अचानक मन्त्रीज्यु आएपछि ढिला भएको हो,’ उनले भने, ‘इभेन्ट हुँदा मात्रै मेडल ल्याउने गरेका छौं । एकैचोटी सबै लिएर आउँदा हराउन सक्ने भएकाले इभेन्ट अनुसार ल्याएका हौं ।’

मन्त्री गहतराजले ईपि सामुहिक इभेन्टमा स्वर्ण विजेता त्रिभुवन आर्मी, रजक विजेता एपिएफ क्लब र कास्य विजेता सुदुरपश्चिम र प्रदेश १ लाई पदक प्रदान गरेका थिए । सेनाले सशसस्त्र प्रहरी बलका खेलाडीलाई पन्छाउँदै स्वर्ण जितेका हुन् । सशस्त्रले रजत पदकमा चित्त बुझाउँदा प्रदेश १ र सुदुर पश्चिमले कास्य पदक जिते ।
फेन्सिङतर्फ पदक तालिकामा बागमती प्रदेश शीर्षस्थानमा उक्लेको छ । बागमतीले ४ स्वर्ण, एक रजत सहित ५ पदक प्राप्त गरेको छ । त्यसै गरी आर्मीले ३ स्वर्ण, ५ रजत र ६ कास्य सहित १४ पदक प्राप्त गरेको छ । सशस्त्र प्रहरी १ स्वर्ण, ३ रजत र ६ कास्य सहित १० पदका साथ तेस्रो स्थानमा छ । सुदुरपश्चिम प्रदेश १ स्वर्ण २ कास्य सहित ३ पदक जितेको छ । त्यसै गरी प्रदेश १ ३ कास्य सहित पाँचौ स्थानमा रहेको छ । त्यसै गरी गण्डकी प्रदेश १ कास्य पदक प्राप्त गरेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]