default_image

3 years ago

October 14, 2022

गल्फमा सुभाषलाई अग्रता

200 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका सुभाष तामाङले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत गल्फ एकलतर्फ अग्रता लिएका छन् ।

पोखरास्थित हिमालयन गल्फ कोर्षमा १३ अ‍ौं सागमा दोहोरो स्वर्ण विजेता सुभाषले बागमती प्रदेशका सद्भाव आचार्यलाई दुई स्ट्रोकले पछि पारे । पार ६९ को कोर्षमा सुभाषले १ अन्डर ६८ स्कोर बनाए । सद्भाव १ अ‍ोभर ७० स्कोरका साथ दोस्रो स्थानमा छन् । प्रदेश १ का युवराज भुजेलले २ अ‍ोभर ७१ स्कोर लेखाएका छन् ।

महिलातर्फ बागमती प्रदेशकी तारा कार्की चित्रकार र प्रदेश १ की सुष्मा सिग्देल अग्रतामा छन् । दुवै जनाले १२ अ‍ोभर ८१ स्कोर जोडेका छन् । बागमतीकी कश्मिरा शाह १५ अ‍ोभर ८४ स्कोरसहित तेस्रो स्थानमा छिन् ।

पुरुष टिमतर्फ बागमती प्रदेश २ सय १९ स्कोरसाथ शीर्षस्थानमा छ । टोलीमा सद्भाव, टासी छिरिङ, वाङचेन धन्दुप र नोर्बु छिरिङ शेर्पा छन् । सुभाषसँगै निश्चय रायमाझी, झलेन्द्र भट्टराई र विष्णु कार्की सम्मिलित आर्मी २ सय २३ अंकसाथ दोस्रो स्थानमा छ ।

महिलातर्फ कश्मिरा शाह, तारा कार्की चित्रकार र प्रतिभा राई सम्मिलित बागमती शीर्षस्थानमा छ । उनीहरुले १ सय ६५ स्कोर जोडेका छन् । दोस्रो स्थानमा सुष्मा, सुमित्रा लिम्बू र सम्झना ढकाल रहेको प्रदेश १ ले १ सय ७५ अंक जोडेको छ ।

प्रतियोगिताको अन्तिम १८ होल शनिबार हुनेछ । ५ पुरुष र ४ महिला टोलीले सहभागिता जनाएका छन् ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.