3 years ago
October 20, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको स्वर्ण पदक एपिएफले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै एपिएफ च्याम्पियन बनेको हो ।

एपिएफले पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा एपिएफ २७-२५ ले विजयी भयो । तेस्रो सेटमा २६-२४ को रोमान्चक जित निकाल्दै एपिएफले स्वर्ण पदक पक्का गर्यो ।
तेस्रो स्थानको खेलमा पुलिसले गण्डकीलाई पराजित गर्यो । पुलिसले २६-२४, २५-१४ र २५-१८ को सहज जित दर्ता गर्दै कास्य पदक जितेको हो ।
त्यसअघि महिला भलिबलतर्फ पनि एपिएफले स्वर्ण जितेको थियो । बुधबार भएको फाइनलमा एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै स्वर्ण जित्न सफल भयो ।

म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल कोर्टमा बुधबार भएको फाइनलको पहिलो सेट एपिएफले २५–१९ ले सहजै आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा एपिएफ २८–२६ ले विजयी हुँदै जिततर्फ अग्रसर रहँदा तेस्रो सेट २४–२६ ले गुमाउन पुग्यो । चौथो सेट २५–१९ ले सहजै आफ्नो पक्षमा पार्दै स्वर्ण जित्न सफल भयो ।
गण्डकी प्रदेशमाथि ३–१ को सेटमा पूनरागमन जित निकाल्दै बागमती प्रदेशले महिला भलिबलमा कास्य जितेको छ । पहिलो सेट २०–२५ ले गुमाएको बागमतीले त्यसपछिको तीनै सेट २५–१२, २५–२१ र २५–१७ ले हराउँदै स्वर्ण जित्न सफल भयो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]