default_image

3 years ago

November 13, 2022

डीआरएसको नजर शीर्ष ३ मा

557 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोली द रियल सोल्जर्स (डीआरएस) गेमिङले विश्व प्रसिद्ध मोबाइल खेल प्लेयर ब्याटल अन्डरग्राउन्ड्स (पब्जी) को ग्लोबल च्याम्पियनसिप (पिएमजिसी) मा प्रतिस्पर्ध गर्दैछ आइतबार हुने समूह चरणको अन्तिम दिन डीआरएस शीर्ष ३ मा स्थान बनाउँदै अन्तिम चरणका लागि छनोट हुने लक्ष्यमा छ ।

समूह रातोमा परेको डीआरएस तेस्रो दिनको खेल सकिँदा १ सय ६३ अंक जोड्दै पाँचौ स्थानमा छ । पहिलो दिन ४८ अंक जोड्दै औसत सुरुवात गरेको डीआरएसले दोस्रो दिन १२ औं राउन्डमा चिकेन डिनरसहित ६७ अंकको सानदार प्रदर्शन गर्यो । तेस्रो दिन डीआरएसले औसत प्रदर्शनसाथ ४८ अंक नै जोड्यो ।

हाल समूह रातोको अंक तालिकामामा ब्राजिलको इन्फ्लुएन्स केमिन २ सय ३५ अंकसहित शीर्षस्थानमा छ । थाइल्याण्डको बुरिराम युनाइटेड २ सय ३३ अंक जोड्दै दोस्रो स्थानमा छ । यी दुईले शीर्ष २ स्थान हासिल गर्न लगभग पक्का देखिन्छ ।

तेस्रो स्थानका लागि चीनको एलजीडी गेमिङ्ग (१८१), टर्कीको एसटुजी ईस्पोर्ट्स (१७५) र डीआरएस (१६३) बीच प्रतिस्पर्धा हुने देखिन्छ । डीआरएस शीर्ष ११ मा ५३ अंकको अग्रतामा रहेकाले अर्को चरण पुग्ने लगभग पक्का भइसकेको छ । टोली शीर्ष ३ मा रहेर सिधै अन्तिम चरण पुग्न चाहन्छ ।

४ दिन संचालन हुने समूह चरणमा कुल २४ राउन्ड खेल हुनेछ । आइतबार अन्तिम दिन अन्तिम ६ राउन्डबाट समूहको अन्तिम स्थान टुंगो लाग्नेछ । मलेसियाको कुआलालम्पुरमा भइरहेको समूह चरणबाट शीर्ष तीन टोलीले सिधै अन्तिम चरणमा स्थान बनाउने छन् । अन्तिम चरण अर्को वर्ष जनवरीमा जकार्तामा हुनेछ ।

त्यस्तै हरेक समूहबाट चौथो देखि ११ औं स्थान हासिल गर्ने टोलीले सर्भाइभल स्टेज खेल्दै फाइनल पुग्ने अर्को अवसर पाउनेछन् । हरेक समूहका पुछारका ५ टोली भने बाहिरिनेछन् । सहभागी ४८ टोलीलाई रातो, हरियो र निलो समूहमा विभाजन गरिएको छ । नेपालबाट स्काइलाइट्ज गेमिङ हरियो समूह र ट्रेन्ड टु किल (टि२के) पहेंलो समूहमा रहेका छन् । स्काइलाइट्ज शनिबार मलेसिया प्रस्थान गरिसकेको छ ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.