default_image

3 years ago

November 28, 2022

अनुराग र मिलनको उत्कृष्ट प्रदर्शनमा प्रदेश एकलाई बलियो लक्ष्य

1372 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान अनुराग सिंह र मध्यक्रमका ब्याटर मिलन बोहराको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा प्रदेश एकलाई २ सय ६५ रनको बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६४ रन बनायो । सुदूरको लागि कप्तान अनुराग सिंहले १ सय १२ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिए । मिलन बोहराले ७६ बलमा ८ चौकार १ छक्कासहित ६४ रनमा आउट भए ।

तेस्रो विकेटका लागि मिलन र अनुरागसिंहले १ सय ३ रनको शतकीय साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए । मिलन दीपेश कंडेलको बलमा बोल्ड भएपछि शतकीय साझेदारी तोडिएको थियो । अनुराग अभिनय राजवंशीको बलमा कट एण्ड बोल्ड आउट भएपछि शतक बनाउन चुकेका थिए ।

दीपक बोहरा ३५ बलमा ३ चौका र १ छक्कासहित ३२, विशाल ऐर १३, ओपनर दीपक बोहरा १, सुनिल चन्द ४ र हेमन्त धामी २ रनमा आउट भए । गजेन्द्र बोहरा १६ बलमा २ चौका र १ छक्कासहित २४ र आकाश चन्दले १४ बलमा २ छक्कासहित २० रनमा आउट भए ।

प्रदेश एकका अभिनय राजवंशीले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर ४ विकेट लिए । आषिश मगरले ९ ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । दीपेश कंडेलले १० ओभरमा १ मेडन राख्दा ३३ रन खर्चेर २ विकेट लिए ।

December 10, 2025

चन्द्र आइबिए विश्व बक्सिङको सेमिफाइनलमा, १ करोड भन्दा बढी पुरस्कार पक्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.