3 years ago
January 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय एनभिए क्लब भलिबल च्याम्पियनसिप २०७९ का लागि शुक्रबार समूह विभाजन भएको छ । आइतबारदेखि सुरु हुने प्रतियोगितामा पुरुषतर्फ १५ र महिलातर्फ ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

महिलातर्फ समूह ए मा होंगांजी न्यू डायमन्ड, एभरेष्ट ट्रेनिङ सेन्टर, नयाँबजार युवा स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब रहनेछन् । समूह बी मा नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, कृष्ण माध्यमिक एकेडेमी र त्रिभुवन आर्मी क्लब छन् ।
पुरुषतर्फ समूह ए मा त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लब छन् । समूह बी मा नेपाल एपीएफ क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र शैलुंग बागढुंगा स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
समूह सी मा नेपाल पुलिस क्लब, न्युटन भलिबल एकेडेमी, ढोरपाटन स्पोर्ट्स क्लब र गण्डकी प्रदेश छन् । समूह डी मा टिप टप हेल्प नेपाल, बुढानिलकण्ठ स्पोर्ट्स क्लब, केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्र र मधेश प्रदेश रहेका छन् ।
पुष २४ देखि माघ १ गतेसम्म हुने च्याम्पियनसिपको सम्पूर्ण खेल दशरथ रंगशालामा हुनेछ । पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६-६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।
क्लब च्याम्पियनसिपको अनुमानित बजेट झण्डै ४६ लाख रुपैयाँ रहेको संघले जनाएको छ । यसमा मुख्य प्रायोजक नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले मुख्य प्रायोजन वापत ३० लाख रुपैयाँ प्रदान गर्ने र बाँकी रकम विभिन्न प्रायोजकबाट परिपुर्ति गरिने संघले जनाएको छ ।
यस्तै संघले हाम्रो खेलकुद डटकमसँग १ वर्षको लागि मिडिया राइट्स लिएको जनाएको छ । यससँगै हाम्रो खेलकुद डटकमले संघले १ वर्षभरि गर्ने विभिन्न प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]