10 months ago
February 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शनिबारदेखि दशरथ रंगशालामा हुने छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको टिकट इसेवामा उपलब्ध हुने भएको छ । शेरबहादुर खड्का स्मृतिः प्रतिष्ठानको आयोजनामा हुने ४ टोलीको सहभागिता रहेको छ । २०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको प्रतिष्ठानले कोरोनाका कारण पछिल्लो तीन वर्ष प्रतियोगिता गर्न सकेको थिएन […]
काठमाडौं (हाम्रो खेलकुद) – शनिबारदेखि दशरथ रंगशालामा हुने छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको टिकट इसेवामा उपलब्ध हुने भएको छ । शेरबहादुर खड्का स्मृतिः प्रतिष्ठानको आयोजनामा हुने ४ टोलीको सहभागिता रहेको छ ।
२०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको प्रतिष्ठानले कोरोनाका कारण पछिल्लो तीन वर्ष प्रतियोगिता गर्न सकेको थिएन । यसपटक ६ टोलीको सहभागिता हुने भनिएपनि मोफसलका टोली एभरेष्ट र गण्डकी प्रदेशका खेलाडी परिक्षाका कारण आउन नसक्दा ४ टोलीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले खेल्नेछन् । लिग चरणमा सबै टोलीले एक आपसमा खेल्नेछन् । अन्तिम दिन फाइनलमा शीर्ष दुई टोलीले प्रतिस्पर्धा गर्दा पुछारका दुई टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।
यसपटक दशरथ रंगशालामा हुने प्रतियोगितामा इसेवामार्फत अनलाइन टिकेट पनि खरिद गर्न सकिनेछ । टिकट विक्री इसेवामा खुला गरिएको छ । (टिकट किन्न यहाँ थिच्न सक्नुहुन्छ) लिग चरणको खेलमा टिकट मूल्य १ सय रुपैयाँ र फाइनलको दिनमा २ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ । सबै दिनको टिकट विक्री खुला गरिएको छ । रंगशालाको दर्शक क्षमता र उपस्थित दर्शकलाई सहज रुपमा खेल हेर्न दिने लक्ष्य अनुरुप हरेक दिन ७ सय टिकट मात्र विक्री गरिनेछ ।
प्रतियोगिताका विजेता टोलीलाई नगद तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसंगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता विजेतालाई आयोजकले गोकर्ण फरेस्ट रिसर्टमा रात्री भोजको व्यवस्था गर्नेछ ।
विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ यस्तै एक नयाँ खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ । यसैगरी छैटौं संस्करणको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित गरिनेछ ।
यस संस्करणका लागि प्रतिष्ठानले एक कार्यक्रममाझ मुख्य प्रायोजकसँग सम्झौता गरिसकेको छ । बुधबार प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपि नेरोलेकका कन्ट्री डिरेक्टर मनोज कुमार मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । प्रतियोगितामा नेपाल भलिबल संघको प्राविधिक सहयोग रहनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्नेछ ।
बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा सञ्चालन हुने यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, बागमती प्रदेश, विभिन्न नगरपालिका र कर्पोरेट हाउसहरुले सहयोग गरेका छन् पुरस्कार राशि मात्रै ८ लाखभन्दा बढी रहेको प्रतियोगिताको अनुमानित बजेट करिब ४० लाख रूपैयाँ छ ।
प्रतिष्ठानले भलिबल प्रतियोगिता मात्र आयोजना गर्ने नभई खेलाडीको बीमा, हरेक खेलमा एक खेलाडीलाई नगद पुरस्कारसहितको प्लेयर अफ द म्याचको व्यवस्था, टेक्निकल मिटिङ, उपाधि विजेता टोलीका खेलाडीलाई रात्री भोजजस्ता अन्तर्राष्ट्रिय प्रचलनलाई प्रतिष्ठानले अवलम्बन गरिरहेको छ । प्रतिष्ठानले राष्ट्रिय भलिबल प्रतियोगिताका अलावा वर्षेनी खेलाडीलाई छात्रवृत्ति, खेलाडी तथा प्रशिक्षक सम्मान, स्पेसल अवार्डलगायतका कार्यक्रम पनि आयोजना गर्दै आइरहेको छ ।
December 5, 2023
दिपक बोहरा, पाँचथरताप्लेजुङको कर्ण सिंह सोनाम स्मृति क्लब पाँचथरमा जारी प्रथम किराँत गोल्डकपमा सेमिफाइनल प्रवेश गरेको छ । ए डिभिजन क्लब हिमालयन शेर्पालाई मंगलबार ४–३ ले हराउँदै कर्ण सिंह सोनाम अन्तिम चारमा पुगेको हो । कर्ण सिंहका लागि प्रविण जवेगुले २ तथा मन्जित येङ्देन र दिपेश लिम्बुले समान १ गोल गरे । हिमालयनका लागि ओस्कार, […]
December 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – व्यक्तिगत खेलमा सर्वाधिक सफल नेपाली खेलाडी ओलम्पियन दीपक विष्टले राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी पाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तेक्वान्दोका पूर्व खेलाडी विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको जनाएको छ । यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका तेक्वान्दो प्रशिक्षक विष्टलाई शनिबार नयाँ जिम्मेवारी दिने निर्णय गरिएको जनाएको […]
December 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – वीरगन्ज युनाइटेड फुटबल क्लबले अपराजित ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै नेपाल सुपर लिग २ मा पहिलो अंक जोडेको छ । दशरथ रंगशालामा दुवै टोलीले अग्रता गुमाएको खेल २-२ को बराबरीमा सकिएको हो । ललितपुरले लगातार तेस्रो खेलमा बराबरीमा रोकिँदा वीरगन्जले भने तेस्रो खेलमा आएर पहिलो अंक जोड्यो । यससँगै ललितपुरले […]