default_image

3 years ago

February 3, 2023

उद्घाटन खेलमा आर्मी र न्यू डायमन्ड भिड्ने

314 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र होंगान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब खेल्ने भएका छन् । शेरबहादुर खड्का स्मृतिः प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिता माघ २१ देखि २४ गतेसम्म दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगिताको उद्घाटन शनिबार दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ । उद्घाटन खेलमा आर्मीले न्यु डायमन्डको सामना गर्नेछ भने दिउँसो ३ बजेको खेलमा नेपाल पुलिस क्लबले नेपाल एपिएफ क्लबसँग खेल्नेछ । प्रतियोगितामा ४ टोलीको सहभागिता रहँदा आइतबार र सोमबार लिग चरणका खेल हुनेछन् । मंगलबार प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल हुनेछ । लिगका शीर्ष २ टोलीले उपाधिका लागि खेल्दा पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

२०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको प्रतिष्ठानले कोरोनाका कारण पछिल्लो तीन वर्ष प्रतियोगिता गर्न सकेको थिएन । यसपटक ६ टोलीको सहभागिता हुने भनिएपनि मोफसलका टोली एभरेष्ट र गण्डकी प्रदेशका खेलाडी परिक्षाका कारण आउन नसक्दा ४ टोलीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

प्रतियोगिताका विजेता टोलीलाई नगद तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसंगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता विजेतालाई आयोजकले गोकर्ण फरेस्ट रिसर्टमा रात्री भोजको व्यवस्था गर्नेछ ।

विधागततर्फ उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ यस्तै एक नयाँ खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ । यसैगरी छैटौं संस्करणको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित गरिनेछ ।

यस संस्करणका लागि प्रतिष्ठानले एक कार्यक्रममाझ मुख्य प्रायोजकसँग सम्झौता गरिसकेको छ । बुधबार प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपि नेरोलेकका कन्ट्री डिरेक्टर मनोज कुमार मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ‌। प्रतियोगितामा नेपाल भलिबल संघको प्राविधिक सहयोग रहनेछ ।

बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा सञ्चालन हुने यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, बागमती प्रदेश, विभिन्न नगरपालिका र कर्पोरेट हाउसहरुले सहयोग गरेका छन् पुरस्कार राशि मात्रै ८ लाखभन्दा बढी रहेको प्रतियोगिताको अनुमानित बजेट करिब ४० लाख रूपैयाँ छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्नेछ । यसपटक दशरथ रंगशालामा हुने प्रतियोगितामा इसेवामार्फत अनलाइन टिकेट पनि खरिद गर्न सकिनेछ । टिकट विक्री इसेवामा खुला गरिएको छ ।

लिग चरणको खेलमा टिकट मूल्य १ सय रुपैयाँ र फाइनलको दिनमा २ सय रुपैयाँ टिकट तोकिएको छ । रंगशालाको दर्शक क्षमता र उपस्थित दर्शकलाई सहज रुपमा खेल हेर्न दिने लक्ष्य अनुरुप हरेक दिन ७ सय टिकट मात्र विक्री गरिनेछ ।

प्रतिष्ठानले भलिबल प्रतियोगिता मात्र आयोजना गर्ने नभई खेलाडीको बीमा, हरेक खेलमा एक खेलाडीलाई नगद पुरस्कारसहितको प्लेयर अफ द म्याचको व्यवस्था, टेक्निकल मिटिङ, उपाधि विजेता टोलीका खेलाडीलाई रात्री भोजजस्ता अन्तर्राष्ट्रिय प्रचलनलाई प्रतिष्ठानले अवलम्बन गरिरहेको छ । प्रतिष्ठानले राष्ट्रिय भलिबल प्रतियोगिताका अलावा वर्षेनी खेलाडीलाई छात्रवृत्ति, खेलाडी तथा प्रशिक्षक सम्मान, स्पेसल अवार्डलगायतका कार्यक्रम पनि आयोजना गर्दै आइरहेको छ ।

December 10, 2025

चन्द्र आइबिए विश्व बक्सिङको सेमिफाइनलमा, १ करोड भन्दा बढी पुरस्कार पक्का

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली बक्सर चन्द्र बहादुर थापा दुबईमा‌ जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका‌ छन् । आज क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० ले हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका उनका प्रशिक्षक दीपक महर्जनले जानकारी दिए। चन्द्रले कम्तीमा कास्य पदक पक्का गरेका छन् । उनले कम्तिमा ७५ […]

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

Success

Thank you for your time.