default_image

3 years ago

February 15, 2023

रग्बी लिगको दोस्रो चरण आज

409 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघको आयोजनामा जारी राष्ट्रिय क्लब रग्बी फिफ्टिन्स लिग अन्तर्गत दोस्रो चरणको खेल बुधबार दशरथ रंगशालामा हुँदैछ ।

चार टोली सहभागी लिगको पहिलो चरणमा गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले फराकिलो जित हासिल गरेका थिए । अंक तालिकामा आर्मी र गोर्खाली दुवैको समान ५-५ अंक रहेको छ । तर स्कोर अन्तरको आधारमा आर्मी अंक तालिकामा अघि छ ।

आजको खेलमा यी दुई टोलीले फरक प्रतिद्वन्द्वीको सामना गर्नेछन् । पहिलो खेलमा हार बेहोरेका आकाश भैरव क्लब र हिमालयन टाइगर रग्बी क्लब पहिलो जितको खोजीमा हुनेछन् ।

बुधबार दिउँसो १ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले हिमालयन टाइगर रग्बी क्लबको सामना गर्नेछ । पहिलो खेलमा आर्मीले आकाश भैरवलाई ७२-० को फराकिलो अन्तरले हराएको थियो । त्यस्तै हिमालयन टाइगर पहिलो खेलमा गोर्खालीसँग ६७-१७ को अन्तरले पराजित भएको थियो ।

दोस्रो ३ बजे हुने दोस्रो खेलमा गोर्खालीले आकाश भैरव क्लबसँग खेल्नेछ । पहिलो खेलमा कुनै अंक जोड्न नसकेको काभ्रेली क्लब आकाश भैरव बलियो चुनौती पेश गर्ने लक्ष्यमा हुनेछ । श्रीराम श्रेष्ठको उच्च प्रदर्शनमा अघि बढेको गोर्खाली लगातार जितसँगै उपाधिको सम्भावना बलियो बनाउने सुरमा हुनेछ ।

लिगको अन्तिम चरणको खेल शनिबार दशरथ रंगशालामा हुनेछ । लिग चरणको अन्त्यमा शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.