3 years ago
March 6, 2023
दुबई (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईविरुद्ध चौथो सफलता दिलाएका छन् ।

जितको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको युएईले ३५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन बनाएको छ । युएईका आसिफ खान ९३ बलमा २ चौका र छक्कासहित ६७ र रोहन मुस्तफा ३ रनमा क्रिजमा छन् ।
सोमपाल कामीले ३४ औं ओभरको पाँचौं बलमा पूर्व कप्तान सिपी रिजवानलाई ७ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराउँदै नेपाललाई चौथो सफलता दिलाएका छन् ।
सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै युएईका प्रमुख ब्याटर तथा कप्तान मोहम्मद वासिमलाई शून्यमा बोल्ड आउट गरेका थिए । वासिम एज लागेर बोल्ड हुन पुगेका थिए ।

तर पहिलो ओभरको दोस्रो बलमै कप्तानलाई गुमाएपनि दोस्रो विकेटका लागि आर्यन लाक्रा र आसिफ खानले ९४ रनको साझेदारी गर्दै राम्रो पूनरागमन गराएका थिए । दीपेन्द्रसिंह ऐरीले लाक्रालाई ५० रनमा एलबीडब्लू आउट गर्दै दोस्रो सफलता दिलाए । उनले ७८ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
आरिफले ३० औं ओभरको अन्तिम बलमा युएईका प्रमुख ब्याटर वृत्य अरविन्दलाई १३ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।
त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियोा । नेपालका भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रनको योगदान दिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]